पोखरा । बिटी कप सेभेन ए साइड नकआउट अन्तर क्लब फुटबल प्रतियोगिता पोखरामा आइतबार सुरु भएको छ । बुद्धटोल युवा क्लब बगरको आयोजनामा पोखरा महानगरपालिका १ बगर स्थित पुरानो टुडिखेलमा ‘वर्तमान आधुनिक समाजको स्वरुप, संरचना र सामाजिक ज्ञान, शिक्षा र स्वास्थ्यको लागि खेलकुद’ भन्ने नारा सहित प्रतियोगिता सुरु भएको हो । यो प्रतियोगिता विरेन स्मृति कपका रुपमा खेलाउन थालिएको यो चौथो पटक हो ।
क्लबका सल्लाहकार स्व. विरेन गुरुङको स्मृतिमा आयोजित प्रतियोगिता आगामी २२ गते चल्नेछ । आइतबार भएको पहिलो खेलमा आयोजक बिटी निलोले विजयी सुरुआत गरेको छ । नारायण गोपाल एजुकेसन एफसीलाई ५–० को फराकिलो गोल अन्तरले हराउँदै उद्घाटन खेलबाट बिटी निलो दोस्रो चरणमा प्रवेश गरेको हो । बिटी निलोको जीतमा सगुन शर्माले ह्याट्रिक पूरा गरे भने भने दीपक तामाङ र आटिया तामाङले समान १÷१ गोल गरे ।
दोस्रो खेलमा चाउथे एफसीले दोस्रो खेलमा मयुर टाइम्स न्युजलाई २–१ गोल अन्तरले पराजित गरेको हो । चाउथेको जीतमा कृष्ण गुरुङ र इमोन छेत्रीले समान १/१ गोल गरे भने मयुरको तर्फबाट संजोग गुरुङले १ गोल फर्काए ।
तेस्रो खेलमा ट्राइबेकरको सहारामा फिटनेस ग्रुप ४–३ गोल अन्तरले विजयी बन्यो । मिरुवा एफसी र फिटनेस ग्रुप बीच भएको खेलमा निर्धारित समयमा २–२ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । निर्धारित समयमा फिटनेस गु्रपका लागि कुमार गुरुङ र टिबिन गुरुङले समान १÷१ गोल गरेका थिए भने मिरुवाको तर्फबाट डेनिस गुरुङले २ गोल गरेको प्रचारप्रसार संयोजक अमृत लामा गुरुङले जानकारी दिए ।
प्रतियोगिताको विजेता टिमले सिल्ड, मेडल तथा प्रमाणपत्र सहित १ लाख ३२ हजार २ सय २२ प्राप्त गर्नेछ । भने उपविजेता टिमलाई सिल्ड, मेडल तथा प्रमाणपत्र सहित ८२ हजार २ सय २२ प्रदान गरिने प्रचारप्रसार संयोजक गुरुङले जानकारी दिए । उनले प्रतियोगितामा विधागत पुरस्कारको व्यवस्था गरेको बताउँदै उत्कृष्ट खेलाडीलाई ५ हजारद्वारा पुरस्कृत गरिने बताए । त्यस्तै उत्कृष्ट गोलरक्षक, मिडफिल्डर, डिफेन्डर र हाई स्कोररलाई जनही ३ हजार सहित ट्रफिले पुरस्कृत गरिनेछ । गुरुङका अनुसार अनुशासित १ टिमलाई नगद ७ हजारको साथमा सिल्ड प्रदान गरिनेछ ।
कुल ४२ टिमको सहभागिता रहेको उक्त प्रतियोगितामा सोमबार पहिलो चरणकै ९ खेल सञ्चालन गरिने आयोजकले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
सफल पोखरा म्याराथनमा दौडियो पोखरा
आहारारामा को होला च्याम्पियन ?
पाँचपल्टको विजेता थ्रि स्टारलाई रोक्दै ब्ल्याक बुल्स फाइनलमा
ऐतिहासिक खेलमा सर्वाधिक विजेता पुलिसको जित
ब्ल्याक बुल्स् सेमिफाइनलमा
hero news full width
मुख्य समाचार
पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
फागुन २, २०८१पोखराको लभ्ली हिलमा गीता ज्ञानमहायज्ञ सुरु
फागुन २, २०८१पाेखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्य
फागुन १, २०८१पुराना रुख काट्नेलाई कारबाहीको माग
फागुन १, २०८१कर्मयोगी भक्तराज सम्मानित
फागुन १, २०८१