सुमिनाले चुमिन मिस तनहुँकाे उपाधि

आदर्श समाज सम्वाददाता
फागुन १५, २०७७
miss tanahu a

दमौली । सुमिना गुरुङले ‘मिस तनहुँ २०२१’ को ताज पहिरिन सफल भएकी छन् ।

शनिबार मिस तनहुँको पाँचौं संस्करण–२०२१ मा ९ प्रतियोगीलाई पछि पार्दै व्यास–२ की १६ वर्षीया सुमिनाले उपाधि सहित ५० हजार प्राप्त गरिन् ।

स्पर्धामा फस्ट रनरअप सन्ध्या धिताल र सेकेन्ड रनरअप विशाखा श्रेष्ठ बनिन् । उनीहरुले क्रमशः ३० हजार र २० हजार पाए ।

यस्तै, दर्शक रोजाइमा रीया सन्त्राले उपाधि जितिन् । निर्णायकमा मिस नेपाल–२०१० सदीक्षा श्रेष्ठ, पर्यटनविज्ञ हरिसिं गुरुङ, मिस तनहुँ–२०१५ सुजना श्रेष्ठ थिए ।

डाँफे मल्टिमिडियाको आयोजनामा भएको प्रतियोगितामा जेभियर इन्टरनेसनल कन्सल्टेन्सी मुख्य प्रायोजक रहेको थियो ।

सो अवसरमा सञ्जु घलेले व्यास ५ स्थित वेदव्यास ज्येष्ठ नागरिक आश्रमलाई ५ हजार ५० रुपैयाँ सहयोग प्रदान गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

  • र्‍याम्पमा नीति शाह

    आदर्श समाज सम्वाददाता पौष २५, २०७८
    पोखरा । पोखरामा आयोजित मन गुरुङ एटाएर फेसन नाइटमा सुपर मोडल नीति शाह र्‍याम्प वाक गरेकी छन् । एसटी क्रियसन…
  • चित्रकलाको फेसन फ्युजन

    आदर्श समाज सम्वाददाता कार्तिक २५, २०७८
    पोखरा । पोखराको मौसम चिस्सिदै गर्दा सिर्जनाचोकस्थित रवि महलमा माहोल न्यानो हुँदै थियो । कोरोना संक्रमण घट्दै गएर नाट्य प्रशिक्षण…

hero news full width