म्याग्दी । रघुगंगाको गाउँसभाले पुस १५ गते रघुगंगा नदीबाट पारिका भूगोल समेटेर थप नयाँ गाउँपालिका बनाउन अनुरोध गर्ने निर्णय ग¥यो । सोही बमोजिम पाँचौ जिल्ला सभाले पालिका र वडा थप्ने निर्णय गरेको छ । सम्बन्धित स्थानीय तहले गरेका वडा र पालिका विभाजनको निर्णय कार्यान्वयनका लागि संघीय सरकारका निकायमा सिफारिस गर्ने निर्णय गरिएको हो ।
धवलागिरि गाउँपालिकाको सभामा वडा ४, मुदी र ७ ताकमलाई २÷२ वटामा विभाजन गर्ने निर्णय भएको थियो । रघुगंगा गाउँपालिकालाई २ वटा पालिकामा विभाजन गर्ने गाउँसभाको निर्णय कार्यान्वयनका लागि सिफारिस गर्ने जिल्ला सभाले निर्णय गरेको छ ।
वडा ५ झिँ, वडा ६ पाखापानी र वडा ८, कुइनेवस्ती समेटेर पाखापानीमा केन्द्र रहने गरी नयाँ गाउँपालिका माग गर्ने निर्णय सिफारिसका लागि गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले जिल्ला सभामा प्रस्ताव गरे ।
यसैगरी, ठूलो भूगोलमा छरिएका अन्नपूर्ण ५ शिख र वडा ७, हिस्तानलाई विभाजन गरेर २÷२ वटा वडा बनाउन सिफारिस भएको छ । सेवाप्रवाहमा नागरिकको सहज पहुँच र विकास निर्माणलाई व्यवस्थित गर्न वडा विभाजन सिफारिसका लागि अन्नपूर्णका अध्यक्ष क्याप्टेन डमबहादुर गर्बुजा पुनले प्रस्ताव गरेका थिए ।
सभाले गत आवमा भएका गतिविधि समेटिएको प्रगति प्रतिवेदन, चालू आवको बजेट स्वीकृत गर्नुका साथै प्रदेश सरकारबाट आउने बजेटको योजना तर्जुमा र कार्यान्वयन गर्ने अधिकार समन्वय समितिलाई दिने निर्णय गरेको छ । जिल्ला समन्वय समिति प्रमुख देवेन्द्रबहादुर केसीको अध्यक्षतामा भएको सभाले जिसस कोष र स्थानीय तहको साझेदारीमा सञ्चालित आयोजना कार्यान्वयनमा तदारुकता दिने, स्थानीय तहले गौरवका आयोजना अनुगमनका लागि जिससलाई विवरण उपलब्ध गराउने र विभिन्न विकास आयोजना सम्बद्ध प्रदेश तथा संघ सरकारका मन्त्रालयमा माग गर्ने निर्णय पनि गरेको छ ।
हाल काठमाडौंको मदन पुरस्कार गुठीमा रहेको बेनी आक्रमणको चिनो मानिएको गोली लागेर छियाछिया भएको विद्युत् पोल जिल्लामा ल्याएर संरक्षणसँग पर्यटन प्रवद्र्धनमा प्रयोग गर्ने निर्णय समेत भएको छ । ढिलासुस्ति भएका विकास आयोजना निर्माणलाई तीव्रता दिन समन्वय, अनुगमन र सहजीकरण गर्ने विषयमा जनप्रतिनिधिबीच छलफल भएको थियो ।
बेनी–जोमसोम, बेनी–दरवाङ, गलेश्वर पिप्ले भगवती, पोखरेबगर घार चित्रे लगायत सडक, नदी नियन्त्रण, खानेपानी लगायत ढिलासुस्ती भएका आयोजनालाई गति दिन अनुगमन र सम्बद्ध निकायमा पहल गर्ने विषयमा सभामा छलफल भएको थियो ।
धवलागिरि गाउँपालिका अध्यक्ष थमसरा पुनले विषयगत कार्यालयले समन्वय नगरेको, विद्युत्, पूर्वाधार विकासका योजना अलपत्र परेको भन्दै ध्यानाकर्षण गराएकी थिइन् । म्याग्दीको सबै क्षेत्रमा हिमाली जिल्लाको मापदण्ड लागू गरेर सेवासुविधा लागु गर्न संघीय सरकारसमक्ष माग गरिएको छ । गत वर्ष म्याग्दीलाई हिमाली जिल्लामा सूचीकृत गरिए पनि आरक्षण कोटा, कर्मचारीको सेवासुविधा र अन्य विषयमा लागु भएको छैन । पहिरो पीडितको घर पुनर्निर्माणका लागि हिमाली जिल्लाको सुविधा कार्यान्वयन भएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समितिका निमित्त अधिकारी आकांक्षा रिजालले गत आर्थिक वर्षमा गरेका मुख्य क्रियाकलाप र चालू आवको लागि प्रस्तावित बजेट तथा कार्यक्रम पेस गरेकी थिइन् । चालु आवमा जिससलाई विभिन्न शीर्षकमा १ करोड ३६ लाख ३९ हजार रुपैयाँ बजेट प्राप्त भएको छ ।
Related News
सम्बन्धित समाचार
वेगनास ताल डुंगा व्यवसायीको गुनासो-मोटरबोट रोकियो, रोजीरोटी खोसियो
एकीकृत समाजवादी गण्डकीमा नेपाली
ब्ल्याक बुल्स् सेमिफाइनलमा
नेपालमै बन्यो शक्तिशाली नवग्रह मन्दिर, यस्ता छन् विशेषता
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
hero news full width
मुख्य समाचार
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१सम जयन्तीमा रंगकर्मीको सम्मान
माघ २८, २०८१