पोखरा। नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिको नवनिर्मित कार्यालय भवन उद्घाटन गरिएको छ ।
पत्रकार महासंघ कास्की शाखाको माथिल्लो तलामा ३५ लाख लागतमा निर्मित भवनको महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले शुक्रबार उद्घाटन गरे । गण्डकी प्रदेश सरकारको १४ लाख ५० हजार, प्रतिनिधिसभाका सांसद विद्या भट्टराईको निर्वाचन क्षेत्र पूर्वाधार विकास कोषको १० लाख तथा अन्य सहयोगी दाताको सहयोग गरी कुल ३५ लाखमा कार्यालय भवन निर्माण गरिएको निर्माण समिति संयोजक इन्द्रप्रसाद पौडेलले जानकारी दिए ।
कार्यक्रममा महासंघ अध्यक्ष आचार्यले महासंघलाई पत्रकारको साझा संस्थाका रुपमा विकास गर्दै सबै अटाउने गरी नेतृत्व चयन गर्नुपर्नेमा जोड दिए । उनले पत्रकारलाई नागरिक हितका लागि सदैव आवाज उठाउन आग्रह गरे । महासंघको इतिहासमा पहिलोपटक केन्द्र, प्रदेश र जिल्ला शाखाको एकैपटक प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत नेतृत्व चयन गरिने जानकारी दिँदै उनले चैत १६ गते स्थापना दिवसका दिन पदभार हस्तान्तरण गर्ने गरी निर्वाचन कार्यक्रम प्रकाशन गर्न निर्वाचन समितिलाई अनुरोध गरिएको बताए ।
उनले संस्थाको गरिमा बचाउन राजनीतिकरण अन्त्य हुनुपर्ने आवश्यकता औँल्याउँदै हालको कार्यसमितिले निर्वाचित जनप्रतिनिधि र दलका पदाधिकारीमा रहेकालाई महासंघको सदस्यबाट हटाइएको बताए ।
सांसद विद्या भट्टराईले लोकतन्त्रका मान्यता जनताको बीचमा पु¥याउने दायित्वसमेत सञ्चारजगतको रहेको बताइन् ।
महासंघ गण्डकी अध्यक्ष त्रिभुवन पौडेलले प्रदेश समितिको संस्थापक अध्यक्षको जिम्मेवारी लिँदै कार्यालय भवन बनाउने संकल्प लिएकामा त्यसलाई पूरा गर्न सफल भएको बताउँदै आउने नेतृत्वले भवनको सदुपयोग गर्न आग्रह गरे ।
कार्यक्रममा पत्रकार महासंघ केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली, नवीन कुइँकेल, प्रदेश समिति उपाध्यक्ष शान्ति गुरुङ, महासचिव गणेश पौडेल लगायतले बोलेका थिए ।
Related News
सम्बन्धित समाचार
पुतलीबजार र अर्जुनचौपारी जोड्ने पुल उद्घाटन
गुरुङ दम्पत्तीले बनाए बुद्ध मूर्ति
प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही
अनुपम म्युजिकद्वारा १० हजारभन्दा बढीलाई तालिम
शिशु कल्याण र डेभिडफल क्लबद्वारा वातावरण सचेतना कार्यक्रम
hero news full width
मुख्य समाचार
सफल पोखरा म्याराथनमा दौडियो पोखरा
पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
फागुन २, २०८१आहारारामा को होला च्याम्पियन ?
फागुन २, २०८१सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
फागुन २, २०८१पोखराको लभ्ली हिलमा गीता ज्ञानमहायज्ञ सुरु
फागुन २, २०८१पाेखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्य
फागुन १, २०८१