पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कृषिमा उच्च प्रविधिको प्रयोगसँगै उत्पादकत्व वृद्धिमा प्रदेश सरकारले जोड दिँदै आएको बताएका छन् । पोखरा महानगरपालिका–१७ विरौटास्थित कृषि ज्ञान केन्द्र कार्यालयको सोमबार उद्घाटन गर्दै उनले सरकारले कृषि उत्पादन वृद्धिका लागि जमीनको चक्लाबन्दीको साथै व्यावसायिकतामा जोड दिएको बताए ।
जनसंख्या दरमा आएको वृद्धिसँगै सानो जग्गा, कम लागतमा बढी उत्पादन गर्ने खालको प्रविधियुक्त दक्षजनशक्ति विकास गरिनुपर्ने आवश्यकता औंल्याउँदै मुख्यमन्त्री गुरुङले त्यसका लागि तीनै तहका सरकारबीच समन्वय अपरिहार्य हुने विश्वास व्यक्त गरे । केन्द्रमार्पmत प्रदेशका सबै पालिकाको माटो परीक्षण गरी कहाँ कुन वस्तु उत्पादन गर्न सकिन्छ भन्ने तथ्यांक संकलन गरिने बताउँदै उनले आर्थिक समृद्धिको आधार कृषि उत्पादन वृद्धि गर्न सबैको साथ र सहयोग आवश्यक रहने बताए ।
खाद्यान्न उत्पादन हुने उर्बर भूमि कंक्रिट बस्तीमा परिणत हुँदै गएकोमा दुख व्यक्त गर्दै उनले मानिसको बाँच्ने आधारका रुपमा रहेको कृषि पेसालाई मर्यादित र सम्मानित बनाउन सरकारले विभिन्न अनुदानका कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए । विश्वव्यापी रुपमा पैmलिएको कोभिड–१९ नियन्त्रण र रोगथामका प्रदेश र स्थानीय सरकारले उल्खनीय भूमिका निर्वाह गरेर सङ्घीयताको पुष्टि गरेको उल्लेख गर्दै मुख्यमन्त्री गुरुङले शिक्षा र स्वास्थ्य क्षेत्रमा सरकारले लगानी बढाउँदै जानुपर्ने आवश्यकता औंल्याए ।
भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले गण्डकी प्रदेशका १० जिल्लामा कृषि ज्ञान केन्द्र स्थापना गरी सञ्चालनमा आएको बताउँदै मनाङ जिल्लामा पनि निकट भविष्यमा कार्यालय स्थापना गरिने जानकारी दिए । ‘एक पालिका ः एक मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँ कार्यक्रम’ सञ्चालन गरिएको बताए ।
गण्डकी प्रदेशको अर्थ तथा विकास समितिका सभापति दिपक कोइरालाले सिमित सं्रोत र साधनको अधिकतम उपयोग गर्दै अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको कृषिको व्यावसायीकरणमा जोड दिनुपर्ने बताउए ।
कार्यक्रममा अगुवा कृषक धर्मदत्त पौडेलले उन्नत र गुणस्तरीय विउ, मल र प्राविधि, तथा बजारको अभावका कारण कृषि पेसा संकटमा पर्दै गएको बताउँदै त्यसतर्पm सरकारको ध्यान जानुपर्नेमा जोड दिए ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव सवनम सिवाकोटीले सिमित स्रोत साधान तथा जनशक्ति अभावका बावजुद पनि कर्मचारी वर्गले कृषकलाई सक्दो सेवा गर्दै आएको बताइन् ।
Related News
सम्बन्धित समाचार
बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
ज्येष्ठ नागरिक समाजबाट सम्मान
hero news full width
मुख्य समाचार
रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
माघ २४, २०८१काटिएका रुखका मुढा जफत
माघ २४, २०८१‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
माघ २३, २०८१पोखराबाट देउवाले गरे ओलीको प्रशंसा
माघ २२, २०८१गण्डकी प्रदेश स्थापनाको ७ वर्ष: घट्दो आम्दानी, बढ्दो आकांक्षा
माघ २२, २०८१