बेनी । झुटो विवरण पेस गरेर नाबालक परिचयपत्र बनाउन खोज्ने म्याग्दीका १ व्यक्ति आइतबार पक्राउ परेका छन् । अर्कैको छोरीलाई आफ्नो छोरी भएको नक्कली कागजात बनाएर नाबालक परिचयपत्र बनाउन खोज्ने धवलागिरी गाउँपालिका–३ का ५५ वर्षीय रेशमबहादुर भण्डारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीले जनाएको छ ।
जापानमा बस्दै आएका दीपक भण्डारीकी १५ वर्षीया छोरी दिवा भण्डारीको नाबालक परिचयपत्र बनाउन आफ्नो छोरी भएको नक्कली कागजात पेस गरेका रेशमबहादुरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक श्यामकुमार राईले जानकारी दिए । रेशमबहादुरले पेस गरेका कागजात शंकास्पद भेटिएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीको निर्देशनमा छानबिनका लागि नियन्त्रणमा लिएको उनले बताए ।
झुटो विवरण पेस गरेर लिखत सम्बन्धी कसुर गरेको अभियोगमा पक्राउ परेका रेशमबहादुरमाथि थप छानबिन गर्न अदालतबाट म्याद थप गरिएको उनले बताए । प्रारम्भिक बयानका क्रममा रेशमबहादुरले दिवालाई विदेश (जापान) पठाउनका लागि नाबालक परिचयपत्र बनाउन लागेको बताएका छन् । १६ वर्ष भन्दा कम उमेरका व्यक्ति विदेश जानका लागि नावालक परिचयपत्र बनाउनुपर्छ ।
रेशमले दिवाको नाबालक परिचयपत्र बनाउन शुक्रबार प्रशासनमा कागजात पेस गरेका थिए । रेशमले पेस गरेका कागजात शंकास्पद देखिएपछि अनुसन्धानका लागि प्रहरीलाई जिम्मा दिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
डिपेन्डेन्ट भिसामा युके लैजान्छु भनी ठगी आरोपमा पक्राउ
विद्यार्थीलाई यौन दुव्र्यवहार आरोपमा शिक्षक पक्राउ
डेढ करोड ठगेर ललित फरार
सामाजिक सञ्जालबाट पोखरामा ५७ लाख लुटियो
किशोरी बिक्री गर्न खोज्ने फन्दामा
hero news full width
मुख्य समाचार
बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते
पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन
फागुन ३, २०८१सफल पोखरा म्याराथनमा दौडियो पोखरा
फागुन ३, २०८१पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
फागुन २, २०८१आहारारामा को होला च्याम्पियन ?
फागुन २, २०८१सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
फागुन २, २०८१