काठमाडौं – पूर्वमन्त्री शेरबहादुर तामाङ दम्पती पुनः नेकपाको ओली समूहमा फर्किएका छन्। तामाङले नेपालसमयसँगको प्रतिक्रियामा आफूहरू दाहाल-नेपाल समूह छाडेर ओली नेतृत्वको नेकपामा फर्किएको जानकारी दिए।
अर्को समूहमा उभिन नसक्ने परिस्थिति बनेपछि फर्किएको उनको भनाइ छ।
तामाङसँगको कुराकानीको अंश
नेताहरूसँग छलफल भयो। हामीले एउटा दृष्टिकोण समातेर अघि बढ्ने हो। जुन दृष्टिकोण हुन्छ, त्यसमै उभिने भन्ने कुरा हो।
पार्टी अलग भइसकेको छैन। त्यसो भएको हुनाले अब अहिले केपी ओलीले नेतृत्व गरेको नेकपामा उभिने निर्णयमा पुगेका हौं।
व्यक्तिगत जीवनमा कतिपय परिस्थितिहरू अप्ठ्यारा खालका पनि हुन्छन्। उतारचढाव हुन्छ। तर, अन्तिममा दृष्टिकोणले नै काम गरेर अन्तिम निर्णय लिने भन्ने कुरो हुन्छ। त्यस्तो चिजको व्यवस्थापनको जरुरी पनि हुन्छ।
दृष्टिकोण मुख्य कुरा हो। त्यसैले अर्को समूहमा उभिन नसक्ने परिस्थिति बनेपछि केपी ओलीको नेतृत्वमा लाग्ने निर्णय गरेका हौं।
हामीले नेपालको लोकप्रिय कम्युनिष्ट आन्दोलन विकास गरेका थियौं। त्यो विकास गरेको लोकप्रिय कम्युनिष्ट आन्दोलन अहिले संकट परेको छ। त्यसलाई बचाउनका लागि लाग्ने हो।
अब सबै ढिलोचाँडो मूलघरमा संगठित हुने नै हो। छानो छुहिएको होला, जग हल्लेको होला, त्यसलाई मजबुत बनाउने हो सबै लागेर।
अब सबै बनाउनतर्फ लाग्छौं। अब पूर्व एमालेहरू मूलघर अर्थात् केपी ओलीले नेतृत्व गरेको नेकपामा फर्किने हो। अब सबै फर्किन्छन् नेता कार्यकर्तादेखि लिएर मतदाताहरू र आमजनताहरू।
सबै संगठित भएर पहिले हामीले विकास गरेको एमालेको मूलधार जुन हो त्यसलाई विकसित गर्छौं। त्यसलाई बनाउछौं। त्यसलाई आज अलिअलि चोट परेको छ। त्यसलाई उपचार गरेर निको पार्छौं।
ओली नेतृत्वको नेकपामा पूर्व माओवादी साथीहरू पनि हुनुहुन्छ। सबै मिलेर बनाउने हो। पार्टी त एकीकरण गर्न मिल्छ। अरू पार्टीका मानिसहरू त प्रवेश गर्छन्। अहिले त सबै नेकपा भएका छन्। पूर्व माओवादी साथीहरू पनि यहीँ हुनुहुन्छ। उहाँहरू कम्युनिष्ट पार्टीकै सदस्यहरू हो। त्यसैले कम्युनिष्ट पार्टीको मूल नेतृत्वमा नै हुनुहुन्छ नि।
Related News
सम्बन्धित समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
hero news full width
मुख्य समाचार
गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
वैशाख ११, २०८१फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार
वैशाख ११, २०८१