मीरा राई अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयको सद्भावनादूत

आदर्श समाज सम्वाददाता
माघ २३, २०७७
Mira 1

पोखरा । विश्व अल्ट्रा म्याराथन धावक मीरा राई अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयको सद्भावना दूत बनेकी छन् । अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय १८ औं वार्षिकोत्सवका अवसरमा शुक्रबार राईलाई सद्भावना दूत घोषणा गरिएको हो । राईलाई सद्भावना दूत बनाइसकेपछि पर्वतीय पर्यटनसंगै खेल पर्यटनको पनि विकाश हुने नेपाल पर्वतारोहण संघका महासचिव कुलबहादुर गुरुङले बताए । राईको माध्यमबाट पर्वतीय खेलकुदलाई पनि अगाडि बढाउने योजना छ । ‘गण्डकी प्रदेशमा पर्वतीय खेलको धेरै सम्भावना छ,’ उनले भने, ‘उनलाई सद्भावना दूत बनाएर आवाज उठाउछौं र साहसिक खेल पर्यटनसँग स्टेकहोल्डरसँग छलफल गरेर अध्यन अनुसन्धानको काम गर्छौं ।’

महिलाहरुलाई सहसिक खेल पर्यटनमा सहभागी गराउन सद्भावनादूतको महत्वपूर्ण भूमिका रहने महासचिव गुरुङले बताए । अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयलाई पनि देशविदेशमा प्रचारप्रसार गर्नको लागि सद्भावनादूतमा चयन गरिएको गुरुङले बताए ।

भोजपुर सानो दुम्माकी मीरा राई खान लगाउन पनि मुस्किल पर्ने सामान्य परिवारमा जन्मिएकी पूर्व माओवादी लडाकु हुन् । उनको दौडमा रुचि भएकोले १४ वर्षको उमेरमा उनले पढाइ छोडेकी थिइन् । अल्ट्रा म्याराथनमा मीराले भाग लिएर उनी प्रथम भएकी थिइन् । मीराले अल्ट्रा म्याराथनमा विश्व कीर्तिमान राख्न सफल भएकी छन् ।

अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय १८ औं वार्षिकोत्सव

शुक्रबार संग्रहालयले गत माघ ३ गते धम्पुस हिमाल आरोहण गरेर फर्केका आरोही टोलीलाई प्रमाण पत्र प्रदान गरेको थियो । धम्पुस पिक आरोही टोलीमा टासी पासाङ गुरुङ, मन गुरुङ, सनकुमार जुग्जाली, दिपेशबाबु सुवेदी, सुदिप गौतम र हिराकुमारी मल्ल छन् । उनीहरुलाई गण्डकी प्रदेशका आर्थिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमान, नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तविर लामाले प्रमाण पत्र प्रदान गरे ।

१८ औं अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय दिवसको कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका आर्थिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले नजिकको सम्पत्ति अझै चिन्न नसकेको बताए । ‘हाम्रो आँगन मै प्राकृतिक सम्पत्ति छन्,’ उनले भने, ‘हामीले यी सम्पत्तिको राम्रोसँग अझै उपयोग गर्न सकेको छैनौं ।’ प्रदेश सरकार र पर्वतीय संग्रहालय मिलेर छलफल गरी सबै प्राकृतिक स्रोत साधन सदुयोग गर्नुपर्ने मन्त्री चुमानको भनाइ थियो । गण्डकी प्रदेशको पहिलो प्राथमिकता पर्यटन भएको कारण आफूहरु त्यही अनुसार अगाडि बढेको उनले बताए । गण्डकी प्रदेशका विद्यार्थीलाई एकपटक म्युजियम पुग्ने वातावरण बनाउन टिकट व्यवस्थापन देखि संरचना उत्कृष्ट बनाउन उनले आग्रह गरे ।

पोखरा पर्यटन परिषदका अध्यक्ष गोपीबहादुर भट्टराईले पोखरा पर्यटन पर्वतीय संग्रहालयसँग मिलेर नयाँ नयाँ काम गर्न तयार रहेको बताए । आफूहरु सरकारसँग सहकार्य गर्न पनि आतुर रहेको उनको भनाइ थियो । पछिल्लो समय सरकार व्यावसायीको समस्या बुझेर समाधान गर्न भन्दा पनि व्याक्तिगत स्वार्थमा लागको आरोप लगाए । पर्यटन क्षेत्र बचाउनका लागि पैदलमार्गमा डोजर नचलाउन उनको आग्रह छ ।

सरकारले नेपाल पर्वतारोहण संघलाई दामभन्दा काम दिएको नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तविर लामाले बताए । प्रदेशको केही हिमालहरुमा नजर पुग्न नसकेको भन्दै उनले संघलाई प्रचार प्रसारको जिम्मा दिनुपर्ने माग राखे ।

Related News

सम्बन्धित समाचार

hero news full width