पोखरा । संसद विघटन र त्यसपछि संवैधानिक अंगमा भएका नियुक्तिको विरोधमा नेपाल कम्युनिस्ट पार्टी नेकपाको दाहाल÷नेपाल समूहले गरेको आमहड्ताको असर पोखरासहित गण्डकीका जिल्लाहरुमा परेको छ ।
गण्डकीका ११ वटै जिल्लामा शैक्षिक संस्थाहरु खुलेका छैनन् । बिहानैदेखि सदरमुकामहरुमा प्रदर्शनकारी उत्रेका छन् । कतिपय ठाउँमा प्रहरीले प्रदर्शनकारलाई पक्राउ गरेको छ । पोखराको महेन्द्रपुलबाट प्रहरीले बिहान विनायक तिमिल्सिनालाई पक्राउ गरेको छ ।
तनहुँको दमौलीबाट प्रचण्ड÷नेपाल समूहका केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठ, गन्डकी प्रदेश सदस्य मदन आले, अतिन्द्रकेशरी न्यौपाने, व्यास नगर अध्यक्ष श्रीराम कार्की, राष्ट्रिय युवा संघ तनहुँका अध्यक्ष ईश्वर बस्याल सहित १६ जना कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ ।
बिहान १० बजेतिर ओली समूहका युवाहरुले पोखराको मुख्य सडकमा युवा संघका झण्डासहित मोटरसाइकल जुलुस निकालेका छन् ।
पोखरामा बैंक तथा वित्तीय संस्थाले बाहिरको सटर नखोली आन्तरिक रुपमै काम गरेका छन् । एटिएम काउन्टर भने सबैजसोका खुला छन् । सरकारी कार्यालय खुले पनि सेवाग्राही देखिएका छैनन । बजारमा निजी गाडी र मोटरसाइकल चलेका छन् । भित्री बाटोहरुमा ट्याक्सी पनि कताकति चलेका छन् ।
मुख्यबजार बाहेकका ठाउँमा पसल पनि खुलेका छन् । किराना पसल भने सबैतिरका खुलेका छन् । भाटभटेनी सेलवेजजस्ता डिपार्टमेन्टल स्टोर्स खुलेका छैनन् ।
नेता तथा कार्यकर्ता पक्राउ परे पनि अप्रिय घटना भने नभएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । सुरक्षाकर्मीकाे उपस्थिति पनि पातलाे नै छ ।
Related News
सम्बन्धित समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
hero news full width
मुख्य समाचार
गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
वैशाख ११, २०८१फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार
वैशाख ११, २०८१