पोखरा । सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेशले वन पैदावारमा आधारित उद्योग सञ्चालन गर्ने भएको छ । महासंघको प्रदेशको राजधानी पोखरामा सम्पन्न आठौं पूर्ण बैठकले उद्योग स्थापना गरी सञ्चालन गर्ने निर्णय गरेको हो ।
गण्डकी प्रदेश सरकार, प्रदेश अन्तर्गतका सामुदायिक वन समूह तथा निजी क्षेत्रको लगानीमा वन क्षेत्रमा खेर गैरहेका वन पैदावारको उपयोग गरी आयआर्जनसहित रोजगारी सिर्जना गर्ने खालका उद्योग गर्ने भएको हो ।
सामुदायिक वन क्षेत्रमा रहेको काठ र गैरकाष्टलाई आधुनिक प्रविधिको माध्यमबाट बजारको आवश्यकता अनुसारका विभिन्न कच्च पदार्थ लगायत तयारी फर्निचर उत्पादन गरी बिक्री वितरण गर्ने लक्ष्य रहेको महासंघ गण्डकी प्रदेशका अध्यक्ष कालीदास सुवेदीले जानकारी दिए ।
‘गण्डकी प्रदेशको गौरवको योजनाका रुपमा सञ्चालन गरिने सो उद्योग स्थापना र सञ्चालनका लागि प्रदेश महासंघमा आवद्ध ३ हजार ९ सय सामुदायिक वन उपभोक्ता समूहलाई लगानी गर्न आह्वान गरिने बैठकले निर्णय गरेको छ,’ उनले भने, ‘२० करोडभन्दा बढी लगानी हुने सो उद्योगबाट पहाडी वन क्षेत्रमा रहेका चिलाउने, कटुस, उत्तीस, सल्ला आदि वन पैदावारको प्रशोधन गरी कम्पोजिट उड, फिङगरजोन्ट, काठको सिजिनिङ र उपचार समेत गरिने छ ।’
वनबाट रोजगारीका अवसर सिर्जना गर्दै सामुदायिक वनलाई आत्मनिर्भर हुनेतर्फ उन्मुख हुने आधार वनने बताउँदै उनले यस अभियाले एक वन एक उद्यम अभियानलाई समेत टेवा पुग्ने विश्वास व्यक्त गरे ।
सामुदायिक वन उपभोक्ता महासंघ गण्डकीका सचिव किशोर सापकोटाका अनुसार महासंघको लामो संघर्षको कारण वैज्ञानिक वन पद्धति खारेज गरेकामा नेपाल सरकारप्रति आभार व्यक्त गर्दै निर्णयलाई पूर्णरुपमा कार्यान्वयन गर्न बैठकले सम्वन्धित निकायलाई अनुरोध गरेको छ ।
प्रदेश महासंघको परिषद बैठक आगामी फागुन २५ गते गर्ने समेत निर्णय गरेको बताउँदै उनले त्यसका लागि महासंघका केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी तथा सदस्यहरु र स्थानीय महासंघमा आवद्ध सम्पूर्णको साथ र सहयोग रहने विश्वास व्यक्त गरे ।
विश्वव्यापी महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथामका लागि क्वारेन्टिन, आइसोलेसन निर्माण तथा नगद र खाद्यान्न राहत उपलव्ध गराएर सरकारलाई महत्वपूर्ण योगदान गरेकोमा त्यस्ता सामुदायिक वन समूहलाई बैठकले धन्यवाद ज्ञापन गरेको छ ।
न्यून आय भएका वन समूहलाई वन पैदावार निकासीमा कर छुट दिनुका साथै समुहको उत्थानको लागि सरकारी अनुदानको व्यवस्था गरिनु पर्ने र आर्थिक अवस्था राम्रो भएका वन समूहले वन पैदावार बिक्रीको कुनै एक तहमा मात्र कर बुझाउने व्यवस्थासहितको प्रदेश वन ऐन निर्माण गर्न सरकारसँग बैठकले जोडदार माग गरेको छ । प्रदेश र स्थानीय तहले दोहोरो कर लिने व्यवस्थाको अन्त्य गर्न उसले भनेको छ ।
महासंघका प्रदेशका अध्यक्ष कालिदास सुवेदीले आर्थिक एवं महासचिव रत्ना घिमिरेले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेको बैठकले प्रदेश अन्तर्गतका सामुदायिक वन समूहको अवस्थाका बारेमा अध्ययन अवलोकन गरी थप आयआर्जनका गतिविधि सञ्चालन गर्न प्रेरित गर्ने निर्णय समेत गरेको छ ।
Related News
सम्बन्धित समाचार
पार्टी अफिस बनाउँदै कांग्रेस गण्डकी प्रदेश समिति, बास्तोला तोकिए संयोजक
मानव सेवा अश्रममा खाना खुवाइयो
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
माटो सुहाउँदो खेती गरे विदेशिनु पर्दैन : प्रमुख घर्ती
गण्डकीमा संविधान भर्सेज सर्वोच्च
hero news full width
मुख्य समाचार
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१