काठमाडौँ, १७ माघ । तल्लो अरुण जलविद्युत् परियोजना सार्वजनिक–निजी साझेदारी अवधारणाअन्तर्गत ढाँचामा विकास गर्न भारतको एएसजेभिएन लिमिटेड छनोट भएको छ । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीज्यूको अध्यक्षतामा शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको बोर्डको ४६ औँ बैठकले अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका आधारमा सूचीकृत भएका कम्पनीको मूल्याङ्कन गरी सो निर्णय गरेको हो ।
कूल क्षमता ६७९ मेगावाट रहेको सो परियोजना प्रदेश नं १ को सङ्खुवासभा र भोजपुर जिल्लामा अवस्थित रहने छ । विसं २०७५ चैतमा काठमाडौँमा सम्पन्न लगानी सम्मेलनको अवसरमा नेपाल सरकारले सो परियोजना लगानीकर्तासमक्ष प्रस्तुत गरेको थियो ।
बैठकमा प्रधानमन्त्री ओलीले विद्युत्को उत्पादनसँगै खपतको समेत योजना बनाउनुपर्नेमा जोड दिँदै यसका लागि पूर्वाधार परियोजनालाई समयमै कार्यान्वयनका लागि समन्वयात्मक ढङ्गबाट कार्य गर्न नेपाल सरकारका सम्बद्ध निकायका पदाधिकारीलाई निर्देशन दिनुभएको बोर्डका प्रवक्ता धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए।
बैठकले लगानी बोर्डमा विशेषज्ञका रुपमा राजेशकाजी श्रेष्ठ, हरिभक्त शर्मा र भवानी राणा एवं आमन्त्रित सदस्यको रुपमा बालकृष्ण शिवाकोटीलाई मनोनयन गर्ने निर्णय गरेको छ । बैठकमा अघिल्लो बोर्ड बैठकले निर्देशन गरेबमोजिम लगानी बोर्डको रणनीतिक योजना, परियोजना बैठक, बेवमा आधारित एकलबिन्दु सेवा र अन्य प्रगतिबारे प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले जानकारी गराएका थिए ।
Related News
सम्बन्धित समाचार
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
मजदुरलाई छैन मजदुर दिवस रौनक
hero news full width
मुख्य समाचार
गण्डकीमा संविधान भर्सेज सर्वोच्च
पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१