सफल पोखरा म्याराथन सफल पार्न आग्रह 

आदर्श समाज सम्वाददाता
माघ १३, २०७७
safal_marathon_2021-logo-pdf

पोखरा । भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा पोखरामा १५ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता हुँदैछ । सोको लागि आयोजकले आवश्यक तयारी तीव्र पारिरहँदा मुख्य प्रायोजक सुजल डेरी प्रालिले प्रतियोगिता समग्र पोखराकै चिनारी भएकोले सफल पार्न सम्पूर्ण आग्रह गरेको छ ।

स्वास्थ्यसँग सम्बन्ध राख्ने सफल दूधले पोखरावासीको स्वास्थ्य र खेलको सम्बन्धलअझ प्रगाढ बनाउने विषयमा कम्पनी विश्वस्त रहेको विज्ञप्तिमा उल्लेख छ । कम्पनीले प्रतियोगितालाई सुरुआतदेखि नै मुख्य प्रायोजन गर्दै आएको हो ।

मंगलबार जारी विज्ञप्तिमा भनिएको छ, ‘सुरुआतदेखि नै प्रायोजन गर्दै आएको सफल दूधले उपभोक्ताको स्वास्थ्यप्रतिको विश्वासलाई कायम गर्न साथै पोखरावासीको मन जित्न सफल यस्तो कार्यक्रम आयोजना गरेकोमा गौरवन्वित महसुस गरेको छ । यसले पोखरा र पोखरावासीको गरिमा अन्तर्राष्ट्रियरुपमा चिनाउँदै आएको छ ।’

अन्तराष्ट्रियस्तरको सिटी म्याराथन अवधारणा अनुरुप मञ्चले सन् २००२ देखि म्याराथन प्रतियोगिता आयोजना गर्दै आएको हो । जसमा पोखराकै प्रतिष्ठित औद्योगिक प्रतिष्ठान सुजल डेरी प्रालिको सफल दूधको मुख्य प्रायोजन रहँदै आएको छ ।

कोभिड प्रभावलाई मध्यनजर गर्दै यस संस्करणमा विभिन्न विधा छुट्टाछुट्टै दिनहरुमा गर्ने गरी विभाजन गरिएको आयोजकले जनाएको छ । जसअनुरुप फागुन १ देखि सुरु हुने प्रतियोगितामा पहिलो दिन ४२.१९५ किमी म्याराथन र महिला हाफ म्याराथन हुनेछ । यस्तै ह्वीलचेयर र दृष्टिविहीन रेस फागुन २२ मा, १० किमी महिलापुरुष दौड चैत १४ मा र ५ किमी छात्रछात्रा दौड २०७८ वैशाख ४ गते हुनेछ ।

खु्ला म्याराथन उपाधि जित्ने धावकले २ लाख रुपैयाँ प्राप्त गर्ने छन् । यस्तै दोस्रोले १ लाख, तेस्रोले ७५ हजार र सान्त्वनाले २५ हजार रुपैयाँ पाउने छन् । महिलातर्फ हाफ म्याराथनमा प्रथम, द्वितीय, तृतीय र सान्त्वनाले क्रमशः १ लाख, ७५ हजार, ५० हजार र १५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । १० किमी पुरुष र महिला दौडमा प्रथम, द्वितीय र तृतीयले क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँ पाउने छन् ।

Related News

सम्बन्धित समाचार

  • महेन्द्रपुल युथ क्लब आयोजनामा बास्केटबल प्रतियोगिता हुने

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । महेन्द्रपुल युथ क्लबले यही २८ वैशाखदेखि प्रथम यु–२३ बास्केटबल प्रतियोगिता गर्ने भएको छ । पोखरा रंगशालामा हुने प्रतियोगिता…
  • को होला उत्कृष्ट प्रशिक्षक ?

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । आठौं पोखरा स्पोर्ट्स अवार्ड–२०८० मा वर्ष उत्कृष्ट प्रशिक्षक को होला भन्ने कौतुहल व्यापक छ । नेपाल खेलकुद पत्रकार…
  • उत्कृष्ट खेल संघ वा क्लबतर्फको अवार्ड सहारालाई

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा  । आठौँ पोखरा स्पोर्टस् अवार्ड २०८० अन्तरगत वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको अवार्ड सहारा क्लब पोखराले प्राप्त…
  • भलिबलमा अटल हिमाल

    धनबहादुर गुरुङ वैशाख २३, २०८१
    पोखरा । गण्डकी प्रदेश भलिबल टिममा नम्बर एक जर्सी लगाएर खेल्ने खेलाडीको क्विक स्पाइकबाट धेरै मोहित हुने गर्छन् । चिनेकाले…
  • इन्द्रालाई लाइफटाइम अचिभमेन्ट अवार्ड

    आदर्श समाज सम्वाददाता वैशाख २३, २०८१
    पोखरा । आठौं पोखरा स्पोर्ट्स अवार्ड २०८० मा लाइफटाइम अचिभमेन्ट अवार्ड एथ्लेटिक्सकी इन्द्रा मल्ललाई अर्पण गरिने भएको छ । प्रतिभा…

hero news full width

Recent Posts

भर्खरै