पोखरा । नेपाल भलिबल टिमकी कप्तान अरुणा शाहीलाई पोखरामा शनिबार सम्मान गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्चद्वारा पुस २८ गते सम्पन्न एनएसजेएफ पल्सर स्पोर्टस अवार्डमा पिपल्स च्वाइस विधामा उत्कृष्ट हुन सफल शाहीलाई सम्मान गरिएको हो ।
कार्यक्रममा गण्डकी प्रदेश सरकारले अरुणालाई खेलाडी प्रोत्साहनस्वरुप १ लाख प्रदान गरेको छ । गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनले उक्त रकम बराबरको चेक अरुणालाई प्रदान गरिन् । सामाजिक विकास मन्त्री पुनले अरुणालाई बधाई दिँदै मन्त्रालय प्रदेश खेलकुदको विकासका लागि प्रतिवद्ध भएको बताइन् ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि पोखरा रंगशालाको संरक्षण गर्न मन्त्रालयले सक्दो सहयोग गर्ने भन्दै मन्त्री पुनले प्रदेश खेलकुद समितीको गठन पछि त्यसलाई अझै तीब्रता दिने बताइन् ।
कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य राजेशकुमार गुरुङले व्यक्तिगत रुपमा अरुणालाई नगद ११ हजार सहयोग गरे । उनले पोखरामा हुने नवौं राष्ट्रिय खेलकुदको तयारीका लागि जुट्न आग्रह गर्दै पोखरामा अरुणाजस्ता खेलाडी उत्पादन गर्ने विद्यालयको योगदानलाई बिर्सन नहुने बताए ।
अरुणा शाही जिताउँ अभियान अन्तर्गत बचत रकम समेत अरुणालाई हस्तान्तरण गरिएको छ । अभियान अन्तर्गत बचत रकम ३ लाख ७३ हजार ७ सय ५ रुपैयाँ र प्रदेश सरकारको प्रोत्साहन वापत प्राप्त नगद १ लाखसहित ४ लाख ७३ हजार ७ सय ५ रुपैयाँ अरुणालाई हस्तान्तरण गरिएको हो । अभियान अन्तर्गत संकलित रकमको आयव्यय प्रस्तुत गर्दै नेपाल भलिबल संघका सल्लाहकार एवं पोखरा महानगर पालिकाका वरिष्ठ कानुनी अधिकृत नारायणप्रसाद शर्माले अभियान अन्तर्गत भएको भलिबल प्रतियोगितामा टिकट बिक्रीबाट २ लाख ५३ हजार गरी १६ लाख ७३ हजार ७ सय ५ रुपैयाँ संकलन भएको जानकारी दिए ।
अभियान अन्तर्गत इसेवा भोटिङका लागि १० लाख, भलिबल खेल व्यवस्थापनका लागि २ लाख ७० हजार र अन्य गरी १३ लाख खर्च भएको छ । सल्लाहकार शर्माले प्रतिवद्धता भएको रकम ८१ हजार ७ सय ५ रुपैयाँ संकलन हुन बाँकी रहेको बताए । सल्लाहकार शर्माले अरुणालाई जिताउन देश विदेशबाट सहयोग गर्ने सबैमा आभार समेत व्यक्त गरेका छन् ।
कार्यक्रममा अरुणाले गरिमा बोकेको अवार्ड जिताउन सबैले खेलेको भूमिका र सद्भावका लागि आभार व्यक्त गर्दै यो जीतले आफूलाई अझै जिम्मेवारी वोध गरेको बताइन् । उनले यो जीत आफ्नो मात्रै नभई सबै भलिबल खेलप्रेमीहरुको भएको भनाइ राखिन् । पोखरेलीहरुको माया र प्रेरणाका कारण आफू विभागीय टिममा पटक–पटक बोलाउँदा समेत उनको भनाइ थियो ।
अरुणा जिताउँ अभियान अन्तर्गत पश्चिमाञ्चल भलिवल संघका अध्यक्ष छ्यामबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल भलिबल संघका सचिव डिबी नेपाली, कास्की जिल्ला भलिवल संघका अध्यक्ष भीमपराजुली लगायतले अभियान सफल पार्न देश विदेशबाट सहयोग गर्ने सबैमा आभार व्यक्त गरे ।
अभियान सफल बनाउनका लागि गठित समितिमा भलिबल संघका सल्लाहाकार नारायणप्रसाद शर्मा, संघका सचिव डिबी नेपाली, संघका केन्द्रीय सदस्य राजकुमार गुरुङ, पश्चिमाञ्चल भलिबल संघका अध्यक्ष छ्यामबहादुर थापा, कोषाध्यक्ष हरि श्रेष्ठ र कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुली थिए ।
Related News
सम्बन्धित समाचार
धुँवा पुत्याउने गाडी फन्दामा
मजदुरलाई छैन मजदुर दिवस रौनक
गण्डकीमा संविधान भर्सेज सर्वोच्च
पोखराको चाउथेमा बिजुली पसलमा आगलागी हुँदा १ करोडको क्षति
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
hero news full width
मुख्य समाचार
नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
वैशाख १७, २०८१