म्याग्दी । जिल्ला प्रहरी कार्यालय म्याग्दीमा नागरिक सहायता कक्षा र स्तनपान कक्ष स्थापना भएको छ । जिल्लाको रघुगंगा गाउँपालिका र गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीको व्यक्तिगत आर्थिक सहयोग तथा प्रहरी कर्मचारीहरुको श्रमदानमा सेवाग्राहीका लागि नागरिक सहायता कक्ष र स्तनपान कक्ष स्थापना भएको हो ।
गाउँपालिकाको २ लाख ५० हजार र गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीको व्यक्तिगत ६१ हजार ६ सय ९५ रुपैयाँ आर्थिक सहयोगमा प्रहरी कर्मचारीहरुले श्रमदान गरेर कक्ष स्थापना गरेका हुन् ।
प्रिफ्याब प्रविधिको सहायता कक्षको भवन र प्रहरी कार्यालय प्रवेशद्वारमा रहेको प्रयोगविहीन पोस्टलाई मर्मत गरेर स्तनपान कक्ष निर्माण गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयमा आउने सेवाग्राहीहरुका लागि आवश्यकता महसुस गरेर ४ दिनमै कक्ष तयार पारिएको गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले बताए ।
नागरिक सहायता, स्तनपानका साथै सरकारको ३ लाख ५० हजार रुपैयाँ लगानीमा प्रहरी कार्यालयको भवनमा निर्माण भएको तालिम तथा बैठक कक्षको बिहीबार प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले उद्घाटन गरे । उनले म्याग्दीका स्थानीय तहहरुले प्रहरी कार्यालय र मातहतका इकाईको पूर्वाधार, प्रविधि र स्रोत साधनमा गरेको सहयोगका कारण सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउन सहयोग पुगेको बताए ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीमा यसअघि हिंसा प्रभावित महिला तथा बालबालिकाको आश्रयका लागि निर्माण गरिएको भवनको एउटा कोठामा सहायता कक्ष सञ्चालन गरिएको थियो । प्रवेशद्वारभन्दा टाढा र आश्रयस्थलसँगै रहेको सहायता कक्ष प्रभावकारी हुन सकेको थिएन् ।
सेवाग्राही र प्रहरी, कर्मचारीलाई बच्चालाई स्तनपान गराउन समस्या भएको थियो । कम्युटरको माध्यमबाट दैनिक रुपमा सेवाग्राहीको विस्तृत विवरण राखिने र सन्तुष्टिको मापनका लागि फारम समेत भर्ने व्यवस्था मिलाइएको प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरले बताए ।
सहायता कक्षमा एक जना प्रहरी कर्मचारी खटाइएको छ । उक्त कक्षबाट सेवाग्राहीलाई परामर्श, सम्बन्धित शाखा, अधिकारीसँग सम्पर्क गराएर छिटो, छरितो सेवा प्रवाह गर्नुका साथै विचौलियाको सहायता लिनुपर्ने अवस्थाको अन्त्य गर्न समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
Related News
सम्बन्धित समाचार
अकला आयोजना सञ्चालनमा खानेपानी संस्थान नै बाधक !
गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार
३ पुस्तादेखिको कटुवाल पेसा धान्दै मनबहादुर
मस्र्याङ्दी जलासयमा मोटरबोट
hero news full width
मुख्य समाचार
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१