पिकनिक खान गएका युवा फेवातालमा मृत भेटिए

आदर्श समाज सम्वाददाता
पौष २९, २०७७
River-Death

पोखरा । पिकनिक खान गएका पोखराका १ युवा बुधबार बिहान फेवातालमा मृतावस्थामा भेटिएका छन् ।

पुस २२ गते पिकनिक खान पोखरा २२ को पुम्दीभुम्दीस्थित चिहान डाँडामा पिकनिक खान गएका पुम्दीभुम्दीका २५ वर्षे सन्तोष परियार फेवातालमा भेटिएका छन् ।

२२ गते परियार १०/१२ जना साथीसँग मिलेर पिकनिक खान गएका थिए । साढे १ बजेतिर साथीहरुलाई केही नभनी उनी हराएपछि प्रहरीलाई खबर गरिएको थियो ।

प्रदेश प्रहरी कार्यालय पोखराका डिएसपी राजेन्द्रबाबु रेग्मीले खोजतलासका क्रममा बुधबार बिहान पिकनिकस्थलभन्दा ३ सय मिटर तल फेवातालमा तैरेको अवस्थामा शव भेटिएको बताए । उनका अनुसार घटनाका बारेमा अनुसन्धान थालिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width