सिड्नी, २७ पुस (रासस–एएफपी) – अस्ट्रेलिया र भारतबीचको तेस्रो टेस्ट क्रिकेट बराबरीमा सम्पन्न भएको छ । अस्ट्रेलियाले खेल जित्ने पूर्वानुमान गरिए पनि भारतीय ब्याट्सम्यानको धैर्यपूर्वक खेलले अस्ट्रेलिया निराश भएको थियो ।
पाँचौं दिन २ विकेटको क्षतिमा ९८ रनबाट खेल्न थालेको भारतले कूल ५ विकेटको क्षतिमा ३३४ रन बनाएको थियो । जितका लागि अस्ट्रेलियाले भारतसामु ४०७ रनको चुनौती दिएको थियो ।
कुनै पनि टिमले सिड्नीको खेल मैदानमा चौथो इनिङमा २८८ भन्दा बढी रन बनाउन सकेका थिएनन् । सन् २००६ मा दक्षिण अफ्रिका विरुद्ध अस्ट्रेलियाले चौथो इनिङमा सर्वाधिक बढी रन पछ्याएर खेल जितेको इतिहास छ ।
भ्रमणकारी टोली भारतले आफू विजयी हुने आकांक्षा राखेको देखिएको थिएन । भारतीय ब्याट्सम्यान हनुमा बिहारीले १६१ बलको सामना गरेर २३ रन मात्र बनाएका थिए । रविचन्द्रन अश्विनले पनि ११८ बल खेल्दै महत्वपूर्ण ३९ रन बनाएका थिए । दुबैले भारतीय टोलीको स्कोरलाई ३३४ सम्म पुर्याएका थिए ।
भारतका लागि रिषभ पन्तले ११८ बल खेल्दै विस्फोटक ९७ रन बनाएका थिए भने चेतेश्वर पूजाराले ७७ रन बनाए । यससँगै चेतेश्वरले टेस्ट खेलमा ६,००० रन पूरा गरे ।
अस्ट्रेलियाले पहिलो इनिङमा ३३८ तथा दोस्रो इनिङमा ६ विकेटको क्षतिमा ३१२ बनाएर भारतसामु जितका लागि ४०७ रनको चुनौती दिएको थियो ।
भारतले पहिलो इनिङमा २४४ तथा दोस्रो इनिङमा ५ विकेटको क्षतिमा ३३४ रन बनायो ।
Related News
सम्बन्धित समाचार
क्रिकेटमा त्रिभुवन र अमरसिंह विजयी
क्रिकेटमा त्रिभुवन र अमरसिंह विजयी
टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिता शनिबारदेखि
पट्नेरीमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला बनाउन सिफारिस
प्रतिभाले जित्यो एक्सपर्ट पोखरा कप क्रिकेटको उपाधि
hero news full width
मुख्य समाचार
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१