पोखरामा फुडमाण्डूको सेवा

आदर्श समाज संवाददाता
पौष २४, २०७७
footmandu

पोखरा । फुड डेलिभरी प्लेटफर्म फुडमाण्डूले राजधानी बाहिर पहिलो पटक पोखरामा सेवा बिस्तार गरेको छ ।

कम्पनीका सेल्स एण्ड माकेटिङ चिफ श्यामरत्न मालीले पत्रकार सम्मेलनबीच पोखराबाट सेवा बिस्तार भएको घोषणा गर्दै गुणस्तरीय खानेकुरा अनलाइनमार्फत घरमा नै उपलब्ध गराउन आफूहरु तयार रहेको बताए ।

नेपालको सबैभन्दा पहिलो र लोकप्रिय अनलाइन दाबी गरिएको कम्पनीले पोखराबासीको सेवाका लागि हाल ३० भन्दा बढी स्थानीय रेष्टुरेन्ट तथा होटलहरुसँग सहकार्य गरेको छ । क्रमशः यो संख्या बढाउँदै लैजाने मालीले बताए ।

कम्पनीका संस्थापक मनोहर अधिकारीले नेतृत्वदायी फुड डेलिभरी भएको कारणले पनि पोखरामा लामो समयदेखि सेवा बिस्तार गर्ने योजनालाई हाल सफल बनाएको बताए । ‘हामी पोखरामा सेवा बिस्तार गर्न पाउँदा निकै उत्साहित भएका छौं र हाम्रो अनुभव पोखरेलीसँग काठमाडौंका ग्राहकलाई प्रदान गरेको जस्तै उच्चस्तरको सेवा प्रदान गर्नेछौं,’ संस्थापक अधिकारीले भने । उनले स्थानीयबासीका साथै नेपालको प्रमुख पर्यटकीय सहर पोखरा भएको कारण पर्यटकहरुले समेत फुडमाण्डूमार्फत खानेकुरा अर्डर गरेर नेपाली खानेकुराको आनन्द उठाउन सक्ने बताए ।

रेवान पोखरा अध्यक्ष लक्ष्मण बरालले पोखरामा फुडमाण्डूको सेवा उपलब्ध हुँदा त्यसले रेष्टुरेन्टलाई समेत व्यापार बिस्तार गर्न सहज हुने बताए ।

कम्पनीले सन् २०२१ लाई आफ्नो सेवा बिस्तारको वर्षको बताउँदै आगामी दिनमा थप स्थानमा सेवा बिस्तार गर्ने जनाएको छ ।

कम्पनीले पोखरामा सेवा बिस्तार अवसरमा जनवरी ३१ सम्म ३० प्रतिशत वा ३ सय रुपैयाँसम्मको छुट घोषणा गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width