म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ का वडाध्यक्षकाे निधन

साधन राम्जाली
पौष १७, २०७७
tilija

म्याग्दी ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ का वडाध्यक्ष दिनेशकुमार तिलिजाको शुक्रबार निधन भएको छ । कास्कीको पोखरा महानगगरपालिका –११ फूलबारीस्थित आफ्नै निवासमा शुक्रबार दिउँसो ७० वर्षको उमेरमा निधन भएको हो । शिख्तानी पुन समाज पोखराका अध्यक्ष बलबहादुर तिलिजाका अनुसार शनिबार पोखरामा उनको अन्त्येष्टि गरिने छ ।

स्वास्थ्यमा समस्या देखिएपछि वडाध्यक्ष तिलिजालाई केहि महिना अघि पोखरा लगिएको थियो ।

प्यारालाइसिस रोगबाट पीडित तिलिजाले पोखरास्थित मनिपाल अस्पतालमा उपचार गराएका थिए । वडाध्यक्ष तिलिजाका पत्नी, २ छोरी र २ छोरा छन् ।

गाउँपालिका अध्यक्ष क्याप्टेन डमबहादुर गर्बुजा पुनले वडाध्यक्ष तिलिजाको निधनप्रति दुख व्यक्त गरेका छन् ।

तिलिजा नेपाली कांग्रेसबाट उम्मेद्वार भई विजय भएका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width