पाेखरा ।
गण्डकी प्रदेश सभाकाे विशेष अधिवेशन पुस २१ गतेबाट हुनेभएकाे छ । गण्डकी प्रदेशसभामा प्रतिनिधित्व गर्ने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र अर्को प्रतिपक्षी जनता समाजवादी पार्टीले विशेष अधिवेशन माग गरे अनुसार सरकारकाे सिफारिसमा प्रदेश प्रमुखले अधिवेशन डाकेका हुन् ।
नेपालको संविधानको धारा १८३ को उपधारा ३ बमोजिम मिति २०७७ पुस २१ गते दिनको १ बजे देखि प्रदेशको अधिवेशन पोखरा सभागृहमा बैठक हुने प्रदेश सभा सचिवालयले जनाएकाे छ ।
संघीयता लागु भएपछि प्रदेश तहमा पहिलो पटक विशेष अधिवेशन हुन लागेकाे हाे । विशेष अधिवेशनमा काेभिड लगायत विषयले प्राथमिकता पाउने भए पनि विधेयक भने पारित हुने छैनन् । कम्तीमा २ र बढीमा ३ दिन अधिवेशन चल्ने प्रदेश सभा सचिवालय सचिव हरिराज पाेखरेलले बताए ।
दुवै पार्टीका १७ सांसदले हस्ताक्षर गरी प्रदेश प्रमुखको कार्यालयका उपसचिव यामप्रसाद सुवेदीमार्फत प्रदेश प्रमुख अमिक शेरचनलाई विशेष अधिवेशन बोलाउन निवेदन मंसिर ३० गते निवेदन दर्ता गराइएको थियाे ।
संविधानअनुसार एउटा अधिवेशन सकिएको ६ महिनाभित्रै अर्को अधिवेशन बोलाउनुपर्ने व्यवस्था छ । २०७७ असोज २६ मा बजेट अधिवेशन अन्त्य भएको हो । पछिल्लो अधिवेशन अन्त्य भएको २ महिनामात्रै बितेको बेला २ दलले विशेष कारण देखाएर सदन खोल्न दबाब दिएका हुन् ।
प्रदेशसभाको एक चौथाइ सदस्यले लिखित अनुरोध गरेमा प्रदेश प्रमुखले मिति र समय खुलाएर बैठक आह्वान गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
आफ्नो माग जनताको जनजीविकासँग जोडिएकोले तत्कालै संसद्मा छलफल चलाउनुपर्ने प्रतिपक्षी दल कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले बताए । ‘हामीले सुरुदेखि नै कोरोनाका विषयमा सरकारलाई सचेत गराउँदै आएको हो ।
हाउस (संसद्) स्थगित भएपछि पनि दलको तर्फबाट औपचारिक रुपमा डेलिगेसन गएर मुख्यमन्त्रीलाई ज्ञापनपत्र दिएका थियौं । त्यसमा कुनै प्रगति देखिएन,’ उनले भने, ‘महामारीको प्रभाव बढिरहेका बेला जनताका समस्याबारे छलफल गर्ने थलो बन्द छ । कोरोनाबाट मान्छे मरिरहेका छन् । त्यसैले कुरेर बस्न सकिएन । विशेष अधिवेशन बोलाएर छलफल गरौं भनेर निवेदन दिएको हो ।’ उनले कोरोनाको प्रभाव पूरा अर्थतन्त्रमा परेको भन्दै सरकार गम्भीर हुन सुझाए ।
कोभिड–१९ को परीक्षण न्यून र असहज भएको तथा अस्पतालहरुमा पूर्वाधार तथा उपकरणको चरम अभाव भएको गुनासो सांसदहरुले लगाएका छन् । अहिले संक्रमितहरु उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था रहेको समाचार दैनिक रुपमा आइरहेका छन् । यसबाहेक संक्रमणको मौका छोपेर प्रदेशमा महँगी अस्वभाविक रुपमा बढेको, बजेट कार्यान्वयन निराशाजनक रहेको र जनसरोकारका विषय सम्बोधन गर्न सरकार पूर्ण असफल भएको आरोप २ दलले लगाएका छन् । सरकारले समस्या समाधानमा चासो नदिएपछि संसद्बाटै दबाब दिनुपर्ने भएकोले विशेष अधिवेशन मागिएको जनता समाजवादी पार्टीका सांसद हरिशरण आचार्यले बताए ।
‘भूकम्पपीडितले घर बनाउन पाएका छैनन् । महँगी बढिरहेको छ । प्रतिपक्षी दलले कहाँ उठाउने यो विषय ?’ उनले प्रश्न गरे । संसद्लाई बन्धक बनाएर सरकार कानमा तेल हालेर बसेकाले विशेष अधिवेशन माग गर्न बाध्य भएको उनको भनाइ थियो । पटक–पटक सरकारलाई समयाबारे ध्यानाकर्षण गराउँदासमेत गम्भीरतापूर्वक नलिएको उनको आरोप छ । ६० सांसद रहेको गण्डकी प्रदेशमा विशेष अधिवेशन माग गर्न कम्तीमा १५ सांसदहको हस्ताक्षर चाहिन्छ । त्यो गणपूरक संख्या कांग्रेस एक्लैसँग छ । तैपनि यो कदममा जनता समाजवादीले साथ दिएको छ ।
प्रतिपक्षमै रहेको ३ सदस्यीय राष्ट्रिय जनमोर्चा भने अहिले विशेष अधिवेशनको आवश्यकता देख्दैन । ‘कांग्रेसको इमानदारिता छैन । माग गर्न सक्ने हुनु भो । एकातिर अड्को थापेर अर्कोतिर स्वार्थ पूरा गर्ने उहाँहरुको चरित्र छ,’ जनमोर्चाका सांसद कृष्ण थापाले भने, ‘केही समयमा अधिवेशन आफै सुरु हुन्छ । तत्काल आवश्यकता पनि छैन । हामी उहाँहरुसँग जान सकेनौं ।’
Related News
सम्बन्धित समाचार
अधिकारी सरकारको वैधानिकताको टुंगो आज
पोखरा विश्वविद्यालय शिक्षण अस्पताल उद्घाटन
दमौली आगलागी अपडेट : क्षतिको विवरण संकलन गरिँदै
प्रधानमन्त्री प्रचण्डलाई चाैथोपटक विश्वासको मत
प्रधानमन्त्री दाहालले आज चाैथोपटक विश्वासको मत लिँदै
hero news full width
मुख्य समाचार
दमौलीको मुख्यचोकका सटरमा मध्यरातमा आगलागी, ३ घण्टापछि नियन्त्रणमा
एकातिर खोला, अर्कैतिर पुल
जेठ ६, २०८१ढुंगाबालुवा चोरी निकासीमा संलग्न ५ गाडी नियन्त्रण
जेठ ६, २०८१एमाले मुस्ताङको अध्यक्षमा दीपक लालचन
जेठ ६, २०८१काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
जेठ ६, २०८१एचआइभी संक्रमणले पढाइबाट वञ्चित
जेठ ५, २०८१