काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मौजुदा मन्त्रिपरिषद् विस्तार र हेरफेर गरेका छन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगडलाई ओलीले बिदा दिएका छन्।
पुनर्गठित मन्त्रिपरिषदमा ऊर्जा मन्त्रालयको जिम्मेवारी टोपबहादुर रायमाझीले पाएका छन् ।
मणि थापा खानेपानी मन्त्री भएका छन् भने सहरी विकास मन्त्रालयको जिम्मेवारी प्रभु साहले पाएका छन्।
अर्का नवनियुक्त मन्त्री प्रेम आलेले वन मन्त्रालयको जिम्मेवारी पाएका छन्। ।
विस्तारित मन्त्रिपरिषद्मा गणेश ठगुन्ना सामान्य प्रशासनमन्त्री र गौरीशंकर चौधरी श्रममन्त्रीमा नियुक्त भएका छन्।
युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी दावा लामाले पाएका छन्।
यस्तै जुलीकुमारी महतो महिला बालबालिका मन्त्री भएकी छन् भने विमला विश्वकर्माले उद्योग राज्यमन्त्रीको जिम्मेवारी पाएकी छन्।
स्वास्थ्यमन्त्री रहेका भानुभक्त ढकाललाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएो भने संघीय मामिलामन्त्री हृदयेश त्रिपाठीलाई स्वास्थ्य मन्त्रालयमा सरुवा भएका छन्।
यसअघिका महिला बालबालिका मन्त्री लीलानाथ श्रेष्ठ कानुन मन्त्रालयको जिम्मेवारी पाएका छन्।
कानुनमन्त्री रहेकी शिवमाया तुम्बाहाङ्फे भूमिसुधार मन्त्रालयमा सरुवा भएकी छन्। भूमिव्यवस्था मन्त्री पद्मा अर्याललाई कृषि मन्त्रालयको जिम्मेवारी दिइएको थापाले बताए।
त्यस्तै सहरी विकासमन्त्री रहेका कृष्णगोपाल श्रेष्ठ शिक्षामन्त्री भएका छन्।
Related News
सम्बन्धित समाचार
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
मजदुरलाई छैन मजदुर दिवस रौनक
गण्डकीमा संविधान भर्सेज सर्वोच्च
hero news full width
मुख्य समाचार
पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१