पोखरा । कास्कीकाे माछापुच्छ्रे गाउँपालिका अन्तर्गत सेती नदी र सार्दीखोला छेउबाट ढुंगा, गिट्टी, बालुवा बिक्री नगर्न उच्च अदालत पोखराले अन्तरकालीन अन्तरिम आदेश जारी गरेको छ ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) क्षेत्रमा गाउँपालिकाले ठेक्का लगाएर नदीजन्य पदार्थ बिक्री गर्न थालेपछि पालिकासहित ९ जनालाई विपक्षी बनाएर बुधबार रिट दर्ता भएको थियो ।
उक्त रिटमा प्रारम्भिक सुनुवाई गर्दै उच्च अदालतका न्यायाधीश प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलाशबाट बिहीबर उक्त आदेश भएको हो । गाउँपालिकाले वडा नम्बर १, २, ३ अन्तर्गतको घाचोक घाट, दवाडी बगरघाट, चिन्नाबगर घाट, सार्दीखोला माछापुच्छ्रे घाटबाट नदीजन्य पदार्थ निकालेर बिक्री गर्न ठेक्का सम्झौता गरिसकेको छ ।
एक्यापको संरक्षित क्षेत्रभित्र टेन्डर स्वीकृत गरी नदीजन्य पदार्थ उत्खनन र बिक्री गर्नु कानुनसम्मत नभएको भन्दै उत्प्रेषणयुक्त परमादेश, निषेधाज्ञा माग गर्दै रिट दायर भएको हो ।
निवेदकतर्फका कानुन व्यवसायी नारायणप्रसाद पौडेल, आनन्दहरि घिमिरे र विष्णुप्रसाद शर्माको बहसपछि अदालतले विपक्षीका नाममा कारण देखाऊ आदेश समेत जारी गरेको छ ।
यो विषयमा छलफलका लागि अदालतले दुवै पक्षलाई पुस १६ गते बोलाएको छ । निवेदकको माग वमोजिमको आदेश जारी गर्नु नपर्ने कुनै कानुनसम्मत आधार कारण भए बाटो म्यादवाहेक १५ दिनभित्र विपक्षीले लिखित जवाफ पेस गर्न अदालतले भनेको छ ।
Related News
सम्बन्धित समाचार
पार्टी अफिस बनाउँदै कांग्रेस गण्डकी प्रदेश समिति, बास्तोला तोकिए संयोजक
मानव सेवा अश्रममा खाना खुवाइयो
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
माटो सुहाउँदो खेती गरे विदेशिनु पर्दैन : प्रमुख घर्ती
गण्डकीमा संविधान भर्सेज सर्वोच्च
hero news full width
मुख्य समाचार
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१