कांग्रेसले पुस १३ गते १६५ वटै निर्वाचन क्षेत्रमा प्रदर्शन गर्ने

आदर्श समाज संवाददाता
पौष ९, २०७७
ongress

s]Gb|Lo sfo{;ldltsf] a}7s sf7df8f}F, & k’; . g]kfnL sfFu|];sf] s]Gb|Lo sfo{;ldltsf] a}7s s]lG›o sfof{no ;fg]kfdf a:b} . t:jL/M /f]zg ;fksf]6f, /f;;

काठमाडौं ।  नेपाली कांग्रेसले यही पुस १३ गते देशका १६५ वटै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने भएको छ ।

सरकारले प्रतिनिधिसभा विघटन गरेको विरोधमा प्रतिनिधिसभाका सबै निर्वाचन क्षेत्रमा कांग्रेसले विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्य समिति बैठकले विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो ।

साथै कांग्रेसले यही पुस १६ गते देशव्यापी रुपमा मेलमिलाप दिवस मनाउने भएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि कांग्रेसले यसलाई असंवैधानिक र अलोकतान्त्रिक कदम भन्दै विरोध जनाएको छ ।

कांग्रेस बैठक मंगलबारदेखि जारी छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै