काठमाडौं– सत्तारुढ दल नेकपाको दाहाल–नेपाल समूहले पार्टी अध्यक्षमा वरिष्ठ नेता माधवकुमार नेपाललाई चयन गर्ने निर्णय गरेको छ ।
बबरमहलस्थित एक पार्टी प्यालेसमा बसेका उक्त समूहको केन्द्रीय कमिटी बैठकले नेपाललाई अध्यक्षमा चयन गरेको हो।
नेपाललाई अध्यक्ष बनाउन वरिष्ठ नेता झलनाथ खनालले प्रस्ताव गरेका थिए ।
यसअघि स्थायी कमिटी सदस्य भीम रावलले अध्यक्ष केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाउने प्रस्ताव गरेका थिए । ओलीलाई आजकै मितिबाट अध्यक्ष पदबाट बर्खास्त गर्ने निर्णय बैठकले गरेको छ ।
बैठकमा नेकपाका ४ सय ४१ मध्ये ३ सय १५ जना केन्द्रीय सदस्य उपस्थित थिए ।
नवनिर्वाचित अध्यक्ष नेपाललाई पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले बधाई दिएका छन् । अब आफूहरु पार्टी विधानको मर्म र भावनाअनुसार अघि बढ्ने दाहालले बताए ।
बैठकले स्थायी कमिटी सदस्यमा कृष्णबहादुर महरालाई निर्वाचित गरेको छ।
बैठक पर्सी बिहीबारसम्मका लागि स्थगित भएको छ।
Related News
सम्बन्धित समाचार
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
मजदुरलाई छैन मजदुर दिवस रौनक
hero news full width
मुख्य समाचार
गण्डकीमा संविधान भर्सेज सर्वोच्च
पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१