काठमाडौँ, ७ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा आज सम्पन्न केन्द्रीय कमिटीको बैठकले विस्तार गरेको केन्द्रीय कमिटीको नामावली आजै निर्वाचन आयोगसमक्ष बुझाइने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको सो बैठकपछि पार्टीका नयाँ प्रवक्ता प्रदीपकुमार ज्ञवालीले पार्टी प्रथम अध्यक्ष र महासचिवका परामर्शमा बैठक आह्वान भएकाले यो आधिकारिक हुने जिकिर गर्दै विवाद भएमा आयोगले निधो गर्ने प्रतिक्रिया दिए ।
प्रवक्ता ज्ञवालीले पार्टी अहिलेसम्म विभाजन नभएको र अध्यक्ष ओलीले एकताका लागि गरिएका पहलबारे बैठकलाई जानकारी गराएको बताए । बैठकले मौजूदा केन्द्रीय कमिटीमा थप गरी एक हजार १९९ सदस्यीय आयोजक कमिटी विस्तार गरेको थियो । अध्यक्ष ओलीले मौजूदा केन्द्रीय कमिटीमा ५५६ जना थप गर्ने गरी मनोनयनको प्रस्ताव गर्दा बैठकले सर्वसम्मतरुपमा पारित गरेको थियो ।
महासचिव विष्णुप्रसाद पौडेलले सञ्चालन र स्थायी कमिटीका सदस्य टोपबहादुर रायमाझीले स्वागत गरेका थिए । आजको बैठकले केन्द्रीय कमिटीको अर्काे बैठक यही पुस ९ गते तय गरेको छ भने २०७८ मङ्सिर २ मा पार्टीको महाधिवेशन तोकेको छ ।
नेता ज्ञवालीले पहिला पनि दुई अध्यक्षले मनोनयन गरेर ४४१ सदस्यीय कमिटी बनाइएको जनाउँदै त्यही मनोनयनका प्रक्रियाबाट केन्द्रीय सदस्य थप भएको बताए । नयाँ प्रवक्ताबारेका प्रश्नमा उनले पार्टी प्रवक्ताको काम पार्टीको आधिकारिक नीति र निर्णय प्रस्तुत गर्ने हुनुपर्ने भएकाले नयाँ जिम्मेवारी दिइएको स्पष्ट गरे ।
नेकपामा सम्भावित विभाजनमा विदेशीको हात छ कि छैन भन्ने प्रश्नमा नेता ज्ञवालीले प्रतिप्रश्न गर्दै भने, ‘संसद्बाट ६४ प्रतिशत जनमतप्राप्त प्रधानमन्त्रीविरुद्ध एउटा प्रयोजनका लागि गरिएको हस्ताक्षरलाई रातारात प्रस्तुत गर्नुपर्ने कारण के थियो ? के यसले राष्ट्रियतालाई बलियो बनाएको छ ? बहुमतप्राप्त दलको नेतालाई काम गर्न अप्ठ्यारो भयो, यस्तो स्थितिमा जनताका बीचमा जानु के अपराध हो र ?’
पार्टी राज्य सञ्चालकको संवाहक भएको भए सरकारले अझै राम्रो काम गर्न सक्ने थियो भन्दै उनले आफूहरुले गरेको कामप्रति गर्व रहेको र त्यसको तथ्यगत सूची लिएर आउने जानकारी दिए ।
केही दलले प्रतिनिधिसभाको निर्वाचन घोषणाको विरोध गरेका सन्दर्भमा प्रवक्ता ज्ञवालीले लोकतान्त्रिक शक्तिहरु निर्वाचनबाट नभाग्ने भएकाले तिनले निर्वाचनका लागि भित्रभित्र तयारी गरिरहेको र सार्वजनिक खपतका लागि मात्र विरोध गरेको प्रतिक्रिया दिए ।
Related News
सम्बन्धित समाचार
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
मजदुरलाई छैन मजदुर दिवस रौनक
hero news full width
मुख्य समाचार
गण्डकीमा संविधान भर्सेज सर्वोच्च
पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१