प्रदेश सभा भंग गर्नु पर्दैन : मुख्यमन्त्री गुरुङ

आदर्श समाज संवाददाता
पौष ७, २०७७
Prithivi subba gurung

पार्टीभित्रै अराजकता सिर्जना गर्दा अहिलेको अवस्था व्यहोर्नुपरेको हो । पार्टीको अध्यक्षले नै भेला गर्दै हिँड्ने । अराजकता सिर्जना गरे ।

यस्तो बेला पार्टी अध्यक्षको विरुद्ध अविश्वासको प्रश्ताव ल्याउने । विशेष अधिवेशनको माग गर्न हस्ताक्षर उठाउँदै हिड्ने, त्यो भन्दा अनुशासन हिनताको पराकाष्ठा के हुन्छ ? अब त बरु पार्टी फुटे फुटोस् भनेर लागेको हो । २ पटकसम्म फुटेको पार्टी जोगाएर ल्याएको हो । विशेष अधिवेशनमा आधाभन्दा बढी हस्ताक्षर जुटाउनु भनेको त पार्टी फुटाएको हो नि । कति दिन धान्ने ?’ संसद विघटनसम्म आइपुग्दा आन्तरिक र वाह्य दुवै शक्तिको जोडबल रहेको छ ।

कम्युनिस्ट पार्टीलाई संगठनात्मक र विचारका रुपमा ध्वस्त पार्न सकिएन, भनेर नेता खुइल्याउन लागे । देशी विदेशी शक्तिहरु लागिरहेका छन् । प्रचण्ड र ओलीलाई मिल्न नदिनुमा माधव नेपालको मुख्य हात छ । आरोप पत्र उहाँले नै तयार गर्नुभयो । प्रचण्डलाई उकासेर आरोपपत्र लेख्न लगाए । नजिक हुन दिएनन् । आरोपत्रमा प्रचण्ड फँसे ।
पार्टीभित्र कोही पनि कसैको नियन्त्रणमा नरहेको बताए । जसले सक्छ त्यसैले गर्ने हो । त्यो ठाउँमा पुगिसक्यो । कसैको नियन्त्रणमा कोही छैन ।

प्रचण्ड माधवको निर्देशनमा एकाथरि काम भइरहेको छ, ओली पक्षले त्यसको डिफेन्स गर्नुपर्छ । संसद विघटन लोकतान्त्रिक मूल्यभित्रकै काम हो । जनताले पत्याएर सत्ता सुम्पिएको सरकारलाई काम गर्ने वातावरण भएन भने जनताको बीचमा जान्छु भन्नु लोकतन्त्रको मूल्य अनुसार हो । संसद विघटन गरेर आफ्नो हातमा लिएको होइन । राजालाई बुझाएको होइन, सैन्य शासन लागु गरेको भए पो लोकतन्त्र विरोधी भयो त । जनताको बीचमा जान्छु भन्नु त राम्रो हो नि ।

मध्यावधि निर्वाचन घोषणामा अन्य दलहरुले विरोध गर्नुपर्ने कुनै कारण छैन । दलहरुले विरोध गर्नुको कुनै तुक छैन । विरोध गरेपनि चुनावमा सहभागी हुन्छन् होला नि । कम्युनिस्ट पार्टी विभाजित भएर जाने होला । यत्रो ठूलो पार्टी विभाजन भएर जानु भनेको फाइदा कसलाई हुन्छ ? कांग्रेस चुनावमा जाँदैन र ? जान्छ नि । शेरबहादुर देउवाले प्रधानमन्त्रीको सपना देखिसके होलान् ।

दल फुट्दा प्रदेशमा असर गरे पनि संसद नै विघटन गर्नुपर्ने अवस्था आउँदैन । दुईवटा पार्टी भएर गयो भने प्रदेशसभामा असर गरिहाल्छ । तर अहिले प्रदेशसभा विघटनको मैले कुनै सोच बनाएको छैन । अहिले नै हतार नगरौं । खासै प्रभाव नपर्ला भन्ने लाग्छ । हामी चुनावी तयारीमा लागौं ।

प्रतिनिधिसभा विघटनपछिकाे परिवेशमा आदर्श समाजसँग मुख्यमन्त्रीले गरेकाे कुराकानीमा आधारित

Related News

सम्बन्धित समाचार

hero news full width