पाेखरा । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले ‘कुनै एक व्यक्तिको पार्टी, जनता र राष्ट्रविरोधी गतिविधिले पार्टीको एकतामा कुनै असर नपर्ने’ बताएका छन्।
नेकपाको लेटरहेडमा सोमबार बिहान पार्टी अध्यक्षका रुपमा विज्ञप्ति जारी गर्दै दाहालले प्रधानमन्त्री ओलीको कमदलाई असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश, पश्चगामी र स्वेच्छाचारी भन्दै नेकपा स्थायी समिति बैठकले उनलाई अनुशासनको कारबाही गर्ने निर्णय गरिसकेको उल्लेख गरेका छन्।
‘कुनै एक व्यक्तिको पार्टी, जनता र राष्ट्रविरोधी गतिविधिले पार्टीको एकताका तात्विक असर पर्ने छैन,’ दाहालले भनेका छन्।
कुनै एक व्यक्तिको पार्टीविरोधी गतिविधिले पार्टी एकता भत्काउन नसक्ने भन्दै उनले त्यस्तो क्रियाकलापलाई भ्रमात्मक प्रचारको संज्ञा दिएका छन्।
उनले अघि भनेका छन्, ‘जनताको बलिदानबाट प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रसहितको राजनीतिक परिवर्तन रक्षा गर्नु नै अहिलको ऐतिहासिक कार्यभार हो। राष्ट्रको समृद्धि र नेपाली कम्युनिष्ट आन्दोलनको भविष्यका निम्ति पार्टी एकतालाई कमजोर पार्ने सबै प्रकारका प्रवृत्ति र तत्वहरुका विरुद्ध एकतावद्ध भएर उभिन तथा कुनै पनि व्यक्तिको पार्टी विरोधी गतिविधिले एकीकृत पार्टीको संरचना र पार्टी एकतालाई भत्काउन सक्ने छैन र त्यसप्रकारको कुनै भ्रमात्मक प्रचारमा नपर्न म सबैलाई अपिल गर्छु ।’
Related News
सम्बन्धित समाचार
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
मजदुरलाई छैन मजदुर दिवस रौनक
गण्डकीमा संविधान भर्सेज सर्वोच्च
hero news full width
मुख्य समाचार
पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१