बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा २१.३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजना निर्माण हुने भएको छ । संयुक्त ऊर्जा प्रालिले निर्माण गर्न लागेको सो आयोजनाले ढाँचा र आधारभूत पूर्वाधार निर्माणको तयारीमा जुटेको आयोजनाका व्यवस्थापक अनुरोध अधिकारीले जानकारी दिए ।
उनका अनुसार रघुगंगा नदीस्थित फेदीखोलामा मुहान रहने आयोजनामा तीन हजार ३७७ मिटर लामो सुरुङमार्गबाट ल्याइएको पानीलाई छरीस्थित रघुगङ्गा नदिको किनारमा रहने विद्युत्गृहमा खसालेर विद्युत् उत्पादन गरिने छ ।
आयोजनाले बन्दीघाटसम्म पुगेको सडकको ट्रयाकलाई छरी हुँदै अगाडि बढाइसकेको छ । यस आयोजनामा करिब नौ किलोमिटर पहुँचमार्ग निर्माण गर्नुपर्ने जनाइएको छ । आयोजनाले पहुँचमार्ग, आवासगृह निर्माणसँगै आवश्यक जग्गा प्राप्तिको कामलाई समेत अघि बढाएको व्यवस्थापक अधिकारीले बताए ।
तीन वर्षभित्रमा विद्युत् उत्पादन गर्ने लक्ष्यसहित निर्माणमा जुटेको सो आयोजना सम्पन्न गर्न करिब रु तीन अर्ब ६० करोड लागत अनुमान गरिएको छ । विद्युत्गृह, अडिट, आवासलगायतका लागि ३४ रोपनी जग्गा प्राप्ति भइसकेको र बाँकी रहेको जग्गा प्राप्तिको काम अघि बढाइएको आयोजनाका आवासीय इञ्जिनीयर पवित्रमान बोहोराले जानकारी दिए ।
उनका अनुसार सरकारी जग्गा उपभोगका लागि समेत आवश्यक प्रक्रिया अघि बढाइएको छ । आयोजना निर्माणपूर्वका पूर्वाधार निर्माणका लागि अहिले दैनिक ४० देखि ५० जनशक्ति परिचालन गरिएको छ भने पहुँचमार्गलगायतका पूर्वाधार तयार गर्न तीन डोजर र एकक ब्याकहुलोडर मेसिन परिचालन गरिएको आयोजनाले जनाएको छ ।
आयोजनाको आउटलेटबाट निस्कने पानीलाई समेत प्रयोग गरी पुनः जलविद्युत् निकाल्नका लागि अपर ठूलोखोला जलविद्युत्को समेत अध्ययन भइरहेको छ । रघुगङ्गा नदीको चिमखोलामा टुँडी पावर कम्पनीले ३५.५ मेगावाट क्षमताको राहुघाट मङ्गले जलविद्युत् आयोजनाको पूर्वाधार निर्माण शुरु गरेको छ भने ४८ मेगावाटको अपर राहुघाट जलविद्युत्को समेत ठेक्का लगाइसकेको छ । रघुगंगा नदीमै नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो लिमिटेडले ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।
Related News
सम्बन्धित समाचार
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१