पोखरा । नेपाल अर्वुदरोग निर्वारण संस्था कास्की शाखाको २० औं शाखा सभा तथा १४ औं अधिवेशनबाट निर्वाचित पदाधिकारीको पदस्थापन भएको छ । नव निर्वाचित सभापति प्रेमबहादुर भुजेलको अध्यक्षतामा मंगलबार बसेको बैठकले शाखाको विद्यान अनुसार पदाधिकारीहरुको कार्य विभाजन गरेको छ । नवनिर्वाचित समितिको पदस्थापन समेत सोही अवसरमा भएको छ ।
समितिको निवर्तमान सभापतिमा रामचन्द्र थापा, उपसभापतिमा नारायण पराजुली, विश्वमोहन अधिकारी, सचिवमा डिल्लीप्रसाद शर्मा, कोषाध्यक्षमा रघुनाथ अधिकारी, सह–सचिवमा सरस्वती अधिकारी, सह–कोषाध्यक्षमा कृष्ण मानान्धर चयन भएका छन् ।
सदस्यमा शान्तकुमार श्रेष्ठ, तीर्थबहादुर बस्नेत, सुर्वण कोइराला, मिना बास्तोला, सम्झना आचार्य, अर्जुन बन्जरा र ईश्वरकुमार श्रेष्ठ चयन भएका छन् । सल्लाहकारमा पूर्व सभापति आनन्दराज मुल्मी, शुभाष तझ्या, माधवप्रसाद सिग्देल, दिनेशशंकर पालिखे र रामप्रसाद बस्ताकोटीलाई मनोनयन गरिएको छ भने यसस्कर सदस्यमा लेखतमान लाभाजु छन् ।
पूर्व सभापति एवं केन्द्रिय सदस्य दिनेशशंकर पालिखे लगायतका पूर्व सभापतिहरुको विशेष उपस्थितिमा बसेको पहिलो बैठकले संस्थागत विकाससँग सम्बन्धित विभिन्न महत्वपूर्ण निर्णयहरु गरेको संस्थाका सचिव डिल्लीप्रसाद शर्माले बताएका छन् ।
पदस्थापन समारोहमा पूर्व सभापतिहरुको तर्फबाट केन्द्रीय सदस्य तथा पूर्व सभापति दिनेशशंकर पालिखे, सुभाष तझ्या, माधवप्रसाद सिग्देल र रामप्रसाद बस्तोकाटीले आआफ्नो तर्फबाट शुभकामना मन्तव्य राखेका थिए । निवर्तमान सभापति रामचन्द्र थापाले माइन्युट तथा शाखाका महत्वपूर्ण दस्तावेजहरु नवनिर्वाचित सभापति प्रेमबहादुर भुजेललाई हस्तान्तरण गरेका छन् ।
Related News
सम्बन्धित समाचार
संसद बैठकः सत्तापक्षको बेन्च झमेला
गलेश्वर मन्दिर पित्तलले छाइने
रघु पन्तकाे भनाइप्रति काेमल वलीकाे आपत्ति : पिँडुला देखाएर सांसद बनेकाे हाेइन
चितवनमा भूमिहीनलाई जग्गाधनी पुर्जा दिने गरी प्रक्रिया शुरु
प्युठानमा सुत्केरीको मृत्यु
hero news full width
मुख्य समाचार
आगामी शैक्षिक सत्र १० महिनाको हुने, असार १ गतेबाट सुरु
दमाैलीमा माेटरसाइकल दुर्घटना, २२ वर्षे युवाकाे मृत्यु
फागुन १६, २०७७प्रदेश गौरवका योजना अलपत्र, औद्योगिक क्षेत्रलाई जग्गा पाउनै धौ
फागुन १६, २०७७देश्ना स्मृति कप भेट्रान्सको उपाधि ब्रदरवुडलाई
फागुन १६, २०७७टाइगर कपबाट १९ लाख बचत
फागुन १५, २०७७म्याग्दीमा पालिका र वडा थप्ने निर्णय
फागुन १५, २०७७