सांसद गुरुङ वृद्धाश्रममा

आदर्श समाज सम्वाददाता
मंसिर २३, २०७७
rajib

राधाकृष्ण मन्दिर वृद्धाश्रमका ज्येष्ठ नागरिकलाई स्वास्थ्य सामग्री वितरण गर्दै प्रदेश सांसद राजीव गुरुङ । तस्वीर : कविराज खनाल/आदर्श समाज ।

लेखनाथ  । गण्डकी प्रदेश सांसद राजीव गुरुङले पोखरा–३२ मा रहेको राधाकृष्ण मन्दिर वृद्धाश्रमलाई स्वास्थ्य सामाग्री वितरण गरेका छन् । उनले वृद्धाश्रममा आश्रित ५४ जना ज्येष्ठ नागरिकका लागि सेनिटाइजर र मास्कलगायत स्वास्थ्य सामाग्री वितरण गरेका हुन् ।

उनले कोभिड–१९ कहरको बेला वृद्धवृद्धा, ज्येष्ठ नागरिकलाई सहयोग गर्नु आफ्नो धर्म रहेको बताउँदै ज्येष्ठ नागरिक भनेका समाजका ऐना हुन् भने । ‘ज्येष्ठ नागरिकको दुःखसुखमा साथ दिनु नै मानवीय कर्तव्य रहेको र आगामी दिनमा समेत सहयोग निरन्तरता गर्नेछु,’ उनले भने ।

सांसद गुरुङले हालसम्म संस्थामा रहेका ज्येष्ठ नागरिकका लागि मासिक २० हजार रुपैयाँ दिँदै आएका छन् । साथै उनले बेलाबखत खाद्यसामग्री, लत्ता कपडालगायत वितरण गर्दै आएका छन् ।

आश्रमका अध्यक्ष प्रेम लिगलको अध्यक्षतामा भएको सो कार्यक्रमको संयोजन उपाध्यक्ष सनबहादुर गुरुङ र महासचिव शोभामोहन पौडेलले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • धुँवा पुत्याउने गाडी फन्दामा

    धनबहादुर गुरुङ वैशाख २०, २०८१
    पोखरा । एमाले गण्डकी प्रदेश संसदीय दलका सचेतक गोविन्दबहादुर नेपाली चढेको ग१झ ४५१ नम्बरको गाडी बुधबार बिहानै चेकिङमा प¥यो ।…
  • श्रमको सम्मान नगर्नेहरू असभ्य: मुख्यमन्त्री

    आदर्श समाज सम्वाददाता वैशाख २०, २०८१
    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले हरेक मानिसले श्रममा विश्वास गर्नुपर्ने बताएका छन् । १३५ औं श्रमिक दिवस अवसरमा…
  • मेजर वीरसिंहको १२२ औं जन्मजयन्ती

    आदर्श समाज सम्वाददाता वैशाख २०, २०८१
    पोखरा । मेजर वीरसिंह गुरुङको १२२ औं जन्मजयन्ती मंगलबार पोखरामा मनाइएको छ । मेजर वीरसिंह स्मृति प्रतिष्ठानकोे ११ औं वार्षिक…
  • पोखराको चाउथेमा बिजुली पसलमा आगलागी हुँदा १ करोडको क्षति

    आदर्श समाज सम्वाददाता वैशाख २०, २०८१
    पोखरा । पोखराको एक बिजुली पसलको गोदाममा बुधबार राति आगलागी हुँदा करिब १ करोड बराबरको क्षति भएको बताइएको छ ।…
  • डुंगा पल्टिएपछि तत्कालै उद्धार

    विजय नेपाल वैशाख १८, २०८१
    पोखरा । सोमबार बिहान वाराही मन्दिर दर्शन गर्न जानेक्रममा हावाहुरीले फेवातालमा डुंगा पल्टिएको सूचना रेस्क्यु टावरमा आयो । सशस्त्र प्रहरीको…

hero news full width