‘सभ्रान्त परिवारमै हिंसा’

आदर्श समाज सम्वाददाता
मंसिर २३, २०७७
Talim

दमौली । लैंगिक हिंसा न्यूनीकरणको लागि सचेतनामूलक कार्यक्रम नियमित गर्नुपर्ने एक कार्यक्रमका वक्ताले औल्याएका छन् ।

महिला सशक्तीकरण सञ्चार समाजको आयोजना र व्यास नगरपालिको सहयोगमा सरोकारवाला निकायसँग भएको बहस कार्यक्रमका वक्ताले सो कुरामा जोड दिएका हुन् ।

वरिष्ठ अधिवक्ता समेत रहेका व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान वर्षमा एकपटक मात्रै गरेर नपुग्ने भन्दै यो अभियान धेरै पटक सञ्चालन गरी सचेतना पैmल्याउनु पर्ने बताए । त्यसका लागि नगरपालिकाले आवश्यक सहयोग गर्न तयार रहेको बताए ।

हिंसापीडित व्यक्तिले परामर्श सेवा नपाउँदा मानसिक रोगी तथा आत्महत्या गर्ने बढी रहेकोले पाइएको नगर प्रमुख न्यौपानेको भनाइ थियो । सभ्रान्त परिवारमै पनि हिंसा बढिरहेको उनले बताए । विशेष गरी महिलाले आपूmले भोगेको पिडा राख्न नपाउँदा दोषीहरुले सजायँ नपाउने र महिलाले आत्महत्याको बाटो रोजेर ज्यान समेत गुमाउने अवस्था विद्यमान रहेको न्यौपानेले बताए ।

जिल्ला समन्वय समिति उपप्रमुख पवित्रा पौडेलले लैङ्गि हिंसाविरुद्ध अभियानमा जिल्लाका दशवटै पालिकामा अभियान सञ्चालन गर्न आफूहरुले समन्वयकारी भूमिका खेलिरहेको बताइन् । पितृशतात्मक समाज भएकोले तुलनात्मक रुपमा माहिला हिंसाबाट धेरै पीडित भएको उल्लेख गर्दै पौडेलले हिंसा सहने नभई प्रतिकार गरी सजायँ दिलाउने बाटो अवलम्बन गर्नुपर्ने बताइन् ।

व्यास नगरकी उपप्रमुख मीरा जोशीले महिलाहरु संगठित भएर आवाज उठाउनु पर्ने बताइन् । साथै उनले हिंसा गर्ने प्रति मेलमिलाप नगरी सजायँ दिने गरी कानूनी प्रक्रिया अगाडि बढाउन सुझाव दिने गरेको बताइन् ।

सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले हिसाको घटनालाई तुरुन्त मुद्दाको प्रक्रियामा लाने र छलफल, मेलमिलापन जस्ता कार्य नगरिएको बताए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डिएसपी) युवराज तिमिल्सिनाले पीडक तुरुन्तै नियन्त्रणमा लिएर सम्झाउने नभई कानूनी कठघरामा उम्भाउने गरिएको बताए ।

अधिवक्ता सरिता भण्डारीले पुरुषले अति गरेको कारण सहनै सकिन के गर्ने भनेर महिलाहरुको गुनासो आउने क्रम बढी रहेको बताइन् । उनले आर्थिक, यौनजन्य र मादकपदार्थ सेवन जस्ता कारण महिलामाथि हिंसा बढेको जानकारी दिइन् । कार्यक्रममा हिंसाका सम्बन्धमा महिला सशक्तीकरण समाजकी अध्यक्ष प्रकृति खनाल न्यौपानेले सरोकारवालासँग बहस गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width