काठमाडौँ, ७ मङ्सिर । पछिल्लो २४ घण्टामा थप एक हजार ६६९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार पछिल्लो २४ घण्टामा आठ हजार ३२ जनाको नमूना परीक्षण गर्दा थप एक हजार ६६९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएका हुन् । थपिएका कूल सङ्क्रमितमध्ये काठमाडौँ उपत्यकामा मात्रै ९५७ जना छन् ।
योसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमितको संख्या दुई लाख २० हजार ३०८ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणमुक्त हुनेको संख्या पाँच हजार ६९९ छ । हालसम्म सङ्क्रमणमुक्त हुनेको संख्या एक लाख ९९ हजार २४ रहेको छ । देशैभरी जम्मा सक्रिय सङ्क्रमितको संख्या १९ हजार ९६३ रहेको मन्त्रालयले जनाएको छ ।
सक्रिय सङ्क्रमितमध्ये संस्थागत आइसोलेशनमा ६ हजार ३५१ र होम आइसोलेशनमा १३ हजार ६१२ जना रहेका छन् । मन्त्रालयको नियमित प्रेस व्रिफिङमा आज प्रवक्ता डा जागेश्वर गौतमले गत २४ घण्टामा काठमाडौँमा ७३३, ललितपुरमा १३१ र भक्तपुरमा ५३ जना रहेको जानकारी दिए ।
प्रवक्ता डा गौतमले पछिल्लो २४ घण्टामा थप १६ जनाको मृत्यु भएको जानकारी दिए । यससँगै देशभर कोरोना सङ्क्रमितको कुल संख्या २ लाख २० हजार ३०८ पुगेको छ भने निको हुनेको संख्या एक लाख ९९ हजार २४ जना छन् ।
विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या पाँच करोड ८५ लाख ४८ हजार ३ जना पुगेको छ भने निको हुनेको संख्या चार करोड पाँच लाख १३ हजार १७ जना रहेका छन् ।
Related News
सम्बन्धित समाचार
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
मजदुरलाई छैन मजदुर दिवस रौनक
गण्डकीमा संविधान भर्सेज सर्वोच्च
पोखराको चाउथेमा बिजुली पसलमा आगलागी हुँदा १ करोडको क्षति
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
hero news full width
मुख्य समाचार
नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
वैशाख १७, २०८१