लेखनाथ । नागरिक परोपकार समन्वय संस्था पोखरा–३० ले शववाहन खरिद अभियानमा हालसम्म १२ लाख ५० हजार सहयोग संकलन भएको छ ।
सो अभियानअन्तर्गत पोखरा–३२, खोलाको छेउमा आयोजित कार्यक्रममा १ लाख ३६ हजार रुपैयाँ संकलन भएको छ । स्थानीय समाजसेवी हरिप्रसाद पँगेनीले २५ हजार र संस्थाका आर्थिक उपसमितिका सदस्य धीरजकुमार श्रेष्ठले ५१ हजार सहयोग गरे ।
यस्तै, अन्य व्यवसायी एवं सर्वसाधारण तथा स्थानीय संघसंस्थाबाट कुल १ लाख ३६ हजार रुपैयाँ संकलन भएको आर्थिक उपसमितिका संयोजक उपेन्द्रराज सुवेदी राजुले जानकारी दिएका छन् ।
जिल्लाभित्र शववाहन अभावमा सर्वसाधारणहरुले दुःख पाउने गरेको र कोरोना महामारीका कारण उक्त समस्या झनै जटिल बन्दै गएकोले सो खरिदका लागि आर्थिक संकलन अभियान थालिएको संस्थाका अध्यक्ष राजेन्द्र ओझाले जानकारी दिए ।
अभियानमार्फत १ करोड रुपैयाँ संकलन गर्ने संस्थाको लक्ष्य छ । सो रकममध्ये ४० लाख शववाहन खरिदमा र बाँकी ६० लाख सो सञ्चालनका लागि कोष स्थापना गरिने योजना रहेको संस्थाका सचिव रामराज अधिकारीले बताए ।
Related News
सम्बन्धित समाचार
डुंगा पल्टिएपछि तत्कालै उद्धार
मधेशका सभामुखको टोली महेन्द्रगुफामा
प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन
कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित
आगोलागी नियन्त्रणसम्बन्धी सचेतना
hero news full width
मुख्य समाचार
अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
वैशाख १७, २०८१कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१