जबर्जस्ती करणी उद्योगमा पक्राउ

आदर्श समाज सम्वाददाता
कार्तिक २६, २०७७
rape attempt

पोखरा, २६ कात्तिक । जबर्जस्ती करणीसम्बन्धी कसूरमा स्याङ्जा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका वडा ३, गहतेका २७ वर्षीय खेमबहादुर नेपाली हुन् । निजले कात्तिक २५ गते सुतिरहेको अवस्थामा कोठाको ढोका जबर्जस्ती खोली एक युवतीलाई जबर्जस्ती करणी गर्ने प्रयास गरेको अभियोग छ ।

पीडित युवतीले आफूमाथि ती युवकले सो राति ३ बजेर ४० मिनेटमा जबर्जस्ती कोठाको ढोका खोली जबर्जस्ती करणी प्रयास गरेको र हारगुहार गर्दा आफ्ना ससुराले समाउन खोज्दा भागेको भन्द जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेकी थिइन् । जसअनुसार प्रहरीले सोही दिन घरमा लुकिरहेको अवस्थामा निज नेपालीलाई पक्राउ गरेको जनाएको छ।

उनीविरुद्ध करणीसम्बन्धी कसूर (जबर्जस्ती करणी उद्योग) मुद्दामा अनुसन्धान गर्नका लागि स्याङ्जा जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको जानकारी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width