पोखरा । स्पाइरल ग्यालेक्सी पोखराका प्राचार्य स्व. नारायणप्रसाद चापागाईँकी धर्मपत्नी शारदा अधिकारीलाई बीमावापतको रकम भुक्तानी गरिएको छ ।
चापागाईले गत असारमा मात्रै युनियन लाइफ इन्स्योरेन्समार्फत् ५० लाख रुपैयाँको बीमा गरेका थिए । उनले पहिलो किस्ताबापत ३ लाख ८० हजार बुझाएका थिए । त्यो १ वर्षको किस्ता थियो । अर्को वर्ष भने १ लाख ३० हजार ४ सय ४० रुपैयाँ बुझाए पुग्थ्यो । तर बीमा गरेको २६ औं दिनमै उनको स्वर्गारोहण भयो ।
उनको मृत्युपछि बीमावापतको ५२ लाख ५० हजार रुपैयाँ बराबरको चेक पोखराका मेयर मानबहादुर जिसीले उनकी धर्मपत्नी अधिकारीलाई हस्तान्तरण गरे । सोक्रममा मेयर जिसीले जीवन बीमा हुनेखानेले मात्र होइनकी हुँदाखानेले पनि नगरी नहुने अनिवार्य बचत हो भने ।
पोखरा १६ का वडा अध्यक्ष जीवन आचार्यले बीमामा बचत गर्ने बानीको विकासले परिवारको मुख्य सदस्य गुमाउँदा हुने आर्थिक क्षतिबाट न्यून गराउन र परिवारको आथिक सारथि जीवन बीमा रहेको धारणा प्रस्तुत गरे ।
चापागार्इँलाई बीमा गर्नु आवश्यक छ भनी एजेन्सी मेनेजर पुष्पराज पौडेलले प्रेरणा दिएको जनाइएको छ ।
युनियन लाइफ इन्स्योरेन्स गण्डकी प्रदेशका निर्देशक टुल्कनाथ आचार्यले अध्यक्षतामा भएको कार्यक्रममा स्वागत लामाचौर शाखाका शाखा म्यानेजर सूर्य चापागार्इँ र सञ्चालन एजेन्सी म्यानेजर कृष्ण भण्डारीले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
कास्कीका सहकारी पीडित एउटै मोर्चामा, बन्यो संयुक्त संघर्ष समिति
hero news full width
मुख्य समाचार
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
वैशाख १५, २०८१