कास्कीमा थप एक संक्रमितको मृत्यु

आदर्श समाज सम्वाददाता
कार्तिक १६, २०७७
gandaki_hospital_KTHZ366BCX

पोखरा, १६ कार्तिक । गण्डकी प्रदेशमा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुने कास्की जिल्ला अन्नपूर्ण गाउँपालिका वडा नं. ३ का ४७ वर्षीय पुरुष हुन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तर्गत कोभिड–१९ उपचार केन्द्रमा उपरचाररत संक्रमितको मृत्यु भएको हो ।

उनको गत राति (शनिबार) ११ः३० बजे मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।

मृतकमा निमोनिया लगायतका समस्या भएको अस्पतालले बताएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width