‘मेसिनले धपाएको बाँदर घुमिफिरी आउँछ’   

रासस
कार्तिक ८, २०७७
monkey gun

बलेवा, ८ कात्तिक । खेतबारीको बालीमा बाँदरको रजाईँले आजित बनेका बागलुङको काठेखोला गाउँपालिकाका किसान बाँदर धपाउने मेसिन पाएपछि सुखको सास फेर्न थालेका छन् ।

गाउँपालिकाले अनुदानमा उपलब्ध गराएको मेसिनले केही समयका लागि भए पनि बाँदर भाग्ने भएपछि किसानलाई सहज भएको छ । “एउटा वडाबाट धपाउँदा अर्को वडामा पुग्छ, पड्काएको केहीबेरसम्म बाँदर आउँदैनन्”, वडा नं. २ का किसान कान्तलाल जैसीले भने, “मेसिनका कारण सजिलो भएको छ ।” बाँदरले बाली मासेपछि मारमा परेका किसानलाई पछिल्लो समय सजिलो भएको उनको भनाइ छ । पोहोरभन्दा यस वर्ष मेसिनको सहयोगमा बाँदर नियन्त्रण गर्न सकिएकाले खेतबारीको बाली जागाउन सकिएको जैसीले बताए।

“मकै पाक्ने बेला बाँदरको बास नै खेतबारीमा हुन्थ्यो, हिउँद र वर्षा बाँदर धपाएरै दिन काटिन्थ्या”, जैसीले भने, “अहिले एक पटक धपाए पछि केही दिनका लागि ढुक्क भइन्छ ।” बन्दुकजस्तै पड्किने मेसिन गाउँपालिकाले किसानलाई उपलब्ध गराएको हो । मेसिन प्रयोग गर्न थालेपछि बाँदर कहिलेकाँही घुमिफिरी आउने गरेको वडा नं ६ बिहुँका बालानन्द कँडेल बताउछन्।

गाउँपालिकाले ४० थान बाँदर धपाउने मेसिन आठओटै वडाका किसानलाई उपलब्ध गराएको छ। प्रत्येक वडामा पाँच पाँच वटाका दरले मेसिन वितरण गरिएको गाउँपालिकाका अध्यक्ष अमर थापाले बताए। सुरुआतमा स्याङ्जामा मेसिन बनेको र प्रभावकारी रहेको खबर पाएपछि यहाँका किसानको आग्रहमा गाउँपालिकाले प्रतिथान रु तीन हजारका दरले मेसिन किनेको थियो । अहिले बागलुङमै मेसिन बनाउन थालिएको थापाले बताए। रु दुई हजार एक सयमा बागलुङमै मेसिन निर्माण गरिन्छ।

Related News

सम्बन्धित समाचार

  • मौरीपालन तालिम

    आदर्श समाज सम्वाददाता पौष २३, २०८१
    पोखरा । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को आंगिक शिक्षालय अन्नपूर्ण बहुप्राविधिक शिक्षालय आयोजनामा मौरीपालन तालिम सुरु भएको छ ।…
  • सुन्तलामा पोस्ट हार्भेस्ट व्यवस्थापन कसरी ?

    आदर्श समाज सम्वाददाता पौष ७, २०८१
    स्याङ्जा । वालिङ तथा गल्याङ नगरपालिकाको समन्वय, आइडिई नेपालको सशक्तीकरण र पोषण–सूक्ष्म खाद्य सुरक्षाको लागि नबिन ग्रामीण बजार विकास तथा…
  • ‘किसानका समस्यामा अनुसन्धान गरौं’

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । किसानको खेतबारी तथा गोठमा रहेका समस्याकेन्द्रित गरी अनुसन्धान गर्नुपर्नेमा जोड दिइएको छ । कृषि अनुसन्धान तथा प्रवद्र्धन परियोजनाको…
  • राष्ट्रिय फल घोषणा गराउने त्यो सुन्तला महोत्सव

    आदर्श समाज सम्वाददाता मंसिर १९, २०८१
    पोखरा । पाल्पाको रिब्दीकोट गाउँपालिकामा गत वर्ष नेपालमै पहिलोपल्ट सुन्तला महोत्सव भयो । उक्त महोत्सवले राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरमा उत्तिकै चर्चा पायो ।…
  • जेठोबुढो जोगाउँदै पोखरा महानगर

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । पोखरा महानगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि.बीच सम्झौता भएको छ । महानगरभित्र उत्पादन हुने कृषि उपज…

hero news full width