गलकोट, ४ कात्तिक । हिमालपारिको जिल्ला मुस्ताङबाट कम मात्रामा च्याङ्ग्रा निर्यात भएपछि भाउ आकाशिएको छ । चीनबाट च्याङ्ग्रा मुस्ताङ नआएपछि अहिले मुस्ताङबाट जम्मा १० हजार च्याङ्ग्रा बिक्रीका लागि बाहिरिएका छन् ।
दशैँ, तिहारमा च्याङ्ग्राको मासु खाने प्रचलन भए पनि भाउ भने छोइसाध्य छैन । रु ९५० प्रतिकिलो खसीको मासु रहेको बागलुङ बजारमा च्याङ्ग्राको मासुलाई झण्डै दुई गुणा पर्न जाने मासु व्यवसायी कृष्ण खड्काले बताए । मुस्ताङबाट हिँडेको च्याङ्ग्रा व्यापारीहरुले बागलुङ बजारमा ल्याएका छन् । कोरोनाका कारण तिब्बतबाट च्याङ्ग्रा मुस्ताङ नआएपछि मुस्ताङमा मात्रै उत्पादित च्याङ्ग्राले बजारको माग धान्नै धौधौ परेको छ ।
मूल्य बढी पर्ने भएकाले गत वर्षको तुलनामा च्याङ्ग्राको व्यापार घट्दै गएको बागलुङबाट मुस्ताङ गएर पाँच वर्षदेखि च्याङ्ग्रा ल्याउँदै आएका अम्मरबहादुर क्षेत्रीले जानकारी दिए । ‘यसपालि च्याङ्ग्रा कम छन्, गत वर्ष १०० भन्दा बढी च्याङ्ग्रा ल्याउँथे, यसपालि मुस्ताङमै महङ्गो मूल्य तिरेर जम्मा ७५ च्याङ्ग्रा ल्याएको छु’, उनले भने, ‘भाउ सुन्दै ग्राहक डराउन थालेपछि चार दिनमा बल्ल १२ वटा च्याङ्ग्रा बेच्न सफल भएँ, यिनै च्याङ्ग्रा बेच्न पनि मुस्किल होलाजस्तो भयो ।’ उपभोक्ताले च्याङ्ग्राको विकल्पमा स्थानीय भेडा, खसी तथा बोका खोज्न थालेका छन् । एउटा च्याङ्ग्रा खरिद गर्ने रकमले दुई÷तीनवटा खसी आउने भएपछि यसको विकल्प खोज्न थालेका हुन् ।
एघार दिनको पैदलयात्राबाट बागलुङमा च्याङ्ग्रा भित्र्याएका क्षेत्रीसहित बागलुङ तित्याङका लक्ष्मण खड्काले ७५ र म्याग्दीका पुरन सुवेदीले १५० च्याङ्ग्रा ल्याएका हुन् । च्याङ्ग्रा व्यापारी लक्ष्मण खड्काले पोहोरको तुलनामा एउटा च्याङ्ग्राको भाउ झण्डै रु छ हजारले बढेको हुँदा यसपालि च्याङ्ग्राको व्यापार घटेको बताए । अहिले बागलुङ बजारमा एउटा च्याङ्ग्राको मूल्य रु ३५ हजारभन्दा माथि छ । प्रतिकिलो च्याङ्ग्राको मासुको मूल्य रु एक हजार ८०० पर्ने गरेको अर्का च्याङ्ग्रा व्यापारी पुरन सुवेदीले जानकारी दिए ।
च्याङ्ग्रा कम आयात भएका कारण मूल्य बढेपछि च्याङ्ग्रा बिक्री गर्न धौधौ भएको च्याङ्ग्रा व्यापारी क्षेत्रीको भनाइ छ । किसानको गोठबाटै च्याङ्ग्रा ल्याएर बिक्री गर्दासमेत पहिलाको जस्तो कमाइ हुन नसकेको व्यापारीको गुनासो छ । ‘कोही बिरामी परेर मर्छन्, कोही हराउने सम्भावना पनि हुन्छ’, व्यापारी लक्ष्मण खड्काले भने, ‘हिँडाइ र चराइ नमिल्दा च्याङ्ग्राको तौलसमेत घट्दै जाने भएकाले अहिले व्यापारसँगै नाफासमेत घटेको छ ।’
यो वर्ष बागलुङमा जम्मा एक हजार च्याङ्ग्रा भित्रिएको अनुमान छ । हिमाली हावापानीमा जडीबुटी खाएर हुर्केकोे च्याङ्ग्रा चाडपर्वमा खाने चलन छ । स्वादिष्ट र स्वस्थकर मासुका लागि यो दशैँमा रु ३५ हजारमा च्याङ्ग्रा खरिद गरेको बागलुङ बजारका उपभोक्ता यामबहादुर क्षेत्रीले बताए ।
Related News
सम्बन्धित समाचार
एमएनएस एड्भेन्चर टुर्स एण्ड ट्राभल्सले थप्यो भिआइपी २ बस
१३ औं पोखरा महोत्सवको लोकनृत्यमा १४ टिम
२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
निर्माण व्यवसायीको स्थापना दिवसमा रक्तदान, व्यवसायीलाई नगदसहित सम्मान
‘सिमेन्टमा मूल्यवृद्धि फिर्ता गर’
hero news full width
मुख्य समाचार
पंगेनीको प्रस्तुतिमा रमाए दर्शक
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह
माघ ३, २०८१करार र काजले भरिएको पोखरा महानगर
माघ ३, २०८१काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
माघ २, २०८१पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
माघ २, २०८१पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१