कटुवाल लगाएर कोरोनाको सन्देश

Avatar आदर्श समाज सम्वाददाता
कार्तिक २, २०७७

म्याग्दी । कोभिड–१९ को रोकथामका लागि म्याग्दीका गाउँबस्तीमा कटुवाल र माइकिङ गरेर सन्देश प्रवाह गराइएको छ । इमेल, इन्टरनेट, रेडियो, टेलिभिजन र पत्रपत्रिका जस्ता आम सञ्चारमाध्यमको सहज पहुँच नभएका दुर्गम र विकट बस्तीमा कटुवाल लगाएर कोरोनासम्बन्धी सन्देश प्रबाह गरिएको हो ।

कटुवालहरूले अतिआवश्यक कामबाहेक शहरबजारमा नजान, भेला नगर्न, साबुनपानीले हात धुन, शहरबाट आएकालाई अलग्गै बस्न, ज्वरो, रुघाखोकी लागेमा स्वास्थ्य संस्थामा जान सन्देश फुकिरहेका छन् । कोरोनाका बारेमा जानकारी गराउन कटुवाल हर्कजीत विश्वकर्मालाई घोक हाल्न (सबैले सुन्ने गरी चिच्याउन) लगाएको धवलागिरि गाउँपालिका–७ धारापानीका किरण थापाले बताए । बिरामी भएर पोखरा लगिएका धारापानीका ८६ वर्षीय वृद्धलाई बिहीबार कोरोना पुष्टि भएको थियो । त्यसपछि गाउँमा सजगता अपनाउन कटुवाल लगाएर सन्देश प्रवाह गरिएको उनको भनाई छ ।

‘गाउँका सबैको घरमा सञ्चारमाध्यमको पहुँच नभएकाले ज्यालाबापत सिजन अनुसारका खाद्यान्न दिने गरी कटुवाल नियुक्त गरिएको छ,’ उनले भने, ‘गाउँमा भेला, बैठक, खोप, वन, विद्यालय, विकास निर्माणको सूचना प्रवाह गराउने आधिकारिक व्यक्ति कटुवाल नै हुन् ।’कटुवाललाई सजिलो बनाउन अन्नपूर्ण गाउँपालिकाले माइक दिएको छ ।

घारका शिक्षक ठगराज बरुवालले कटुवालले प्रवाह गरेको सूचनालाई सबैले आधिकारिक मानेर विश्वास गर्ने गरेको बताए । म्याग्दीका प्रायः बस्तीमा कटुवाल राखिएको छ । कतिपय ठाउँमा माइकिङ गरेर पनि सूचना प्रवाह गराएका छन् ।

Related News

सम्बन्धित समाचार

    • मेलम्चीको पानीले वाग्मतीको बहाव बढ्यो

      रासस फागुन २४, २०७७
      काठमाडौँ । मेलम्ची खोलाबाट २६।५ किमी लामो सुरुङ हुँदै ल्याइएको पानी सुन्दरीजल प्रशोधन केन्द्रबाट वाग्मतीमा हालिएपछि पानी बढेको छ ।…
    • कुमाल बस्तीमा सुरु भयो उपचार

      Avatar आदर्श समाज सम्वाददाता फागुन २४, २०७७
      पोखरा । कास्कीको रुपा गाउँपालिकाले धमाधम स्वास्थ्य केन्द्र निर्माण र सञ्चालन थालेको छ । केही दिन अघि स्यास्त्रीमा स्वास्थ्य केन्द्र…
    • सिद्धार्थ राजमार्ग अब आर्थिक कोरिडोर

      Avatar आदर्श समाज सम्वाददाता फागुन २४, २०७७
      वालिङ । सिद्धार्थ राजमार्ग आर्थिक कोरिडोरसँग जोडिएका पालिकाहरुले विकासका लागि योजना निर्माण थालेका छन् । वालिङ नगरपालिकाको आयोजना र सिद्धार्थ…
    • पाल्पाली समाजमा रेशम थापा रचक

      Avatar आदर्श समाज सम्वाददाता फागुन २३, २०७७
      पोखरा। गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले विगतमा शक्तिशाली पाल्पा अहिले कमजोर बन्दै गएको बताएका छन् ।…
    • वाराहीमा पूर्व विद्यार्थी मञ्च गठन

      Avatar आदर्श समाज सम्वाददाता फागुन २३, २०७७
      पोखरा । पोखरा–५, मालेपाटनस्थित वाराही माविमा आइतबार पूर्व विद्यार्थी मञ्च तदर्थ समिति गठन भएको छ । समिति संयोजकमा शिवराज बराल र…

    hero news full width

    sanil ads

    wordlink ads