पोखरा, २७ असोज । पोखरा चेम्बर अफ कमर्स कास्कीले संघीयतामा समृद्धि स्मारिका–२०७७ प्रकाशन गरेको छ ।
चेम्बर दिवस २०७७ तथा नेपाल चेम्बर अफ कमर्सको वर्ष प्रवेशको अवसरमा प्रकाशित स्मारिकाको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मंगलबार विमोचन गरे । मुख्यमन्त्री गुरुङले संघीयतासंगै चेम्बर पोखरा आइपुगेको बताए ।
संघीयतालाई आत्मसाथ गर्दै विधान संशोधन गरी चेम्बरले संघ, प्रदेश र स्थानीयतहसम्म संगठन विस्तार गरेको उल्लेख गर्दै उनले सबैठाउँमा प्रतिनिधित्व र पहुँच बढाउन बढाउन ध्यान दिन सुझाव दिए ।
प्रतिस्पर्धी क्षमता तथा भूमिका बढाएर राज्यले सिफारिस गर्ने ठाउँमा संस्थालाई पुर्याउन आग्रह गर्दै उनले सक्रियता र गतिविधिले संस्था सबैले सम्झने ठाउँमा पुग्न सक्ने धारणा राखे । ‘स्वच्छ प्रतिस्पर्धामा जसले राम्रो काम गर्छ उसलाई उद्योगी व्यवसायीले पत्याउछन,’उनले भने, ‘प्रदेश सरकारको नीति निर्माण र लगानी प्रवद्र्धनमा निजीक्षेत्रसंग सहकार्य गरिने छ ।’ उनले निजी क्षेत्र र प्रदेश सरकारको सहकार्य र साझेदारीमा गुणात्मक प्रगति हासिल गर्न सकिने बताए ।
गण्डकी प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा गिरीधारी शर्माले अवको समयमा उत्पादकमुलक अर्थतन्त्र निर्माणमा लाग्नु पर्ने बताए ।
कार्यक्रममा पोखरा चेम्बर अफ कमर्स पोखराका अध्यक्ष किसान सुनारले गण्डकी प्रदेशको समृद्धिसंग जोडेर स्मारिका प्रकासन गरेको बताए । पोखरा चेम्बर अफ कमर्स कास्कीका वरिष्ठ उपाध्यक्ष तथा स्मारिका प्रकाशन समितिका संयोजक गिता तिवारी गौतम, महासचिव उमराज बास्तोला लगायतले बोलेका थिए ।
Related News
सम्बन्धित समाचार
मेला हेरे मोबाइल !
ड्याडिज किचनका २२ शाखा बिस्तार, पोखराको चिप्लेढुंगामा पनि उद्घाटन
राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु
गण्डकी प्रदेशका पत्रकारलाई धितोपत्र बजार र वस्तु विनिमय बजारसम्बन्धी तालिम
पाेखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव
hero news full width
मुख्य समाचार
सार्वजनिक लेखा समितिमा बहस: बजेटमा फिक्सिङ भयो
सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’
माघ ११, २०८१जनप्रियको वार्षिकोत्सवमा सम्मान
माघ १०, २०८१खेलकुद पत्रकार मञ्च गण्डकीमा एमबि आस्था निर्वाचित
माघ १०, २०८१पुम्दीकोटमा धार्मिक महोत्सवको तयारी
माघ १०, २०८१बयानपछि लामिछानेलाई परिवारको जिम्मा
माघ १०, २०८१