पोखरा । लुम्बिनी विकास बैंकले शनिबार पोखरामा आयोजना गरेको रक्तदान कार्यक्रममा ८१ युनिट रगत संकलन भएको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत लायन्स क्लब अफ पोखरा माछापुच्छ्रे भिलेजसँगको सहकार्यमा बैंकको महेन्द्रपुल शाखा परिसरमा रक्तदान गरिएको हो ।
बैंकका सञ्चालक, संस्थापक, कर्मचारी लगायत सुभेच्छुकले रक्तदानमा सहभागिता जनाएको शाखा प्रबन्धक बलबहादुर ढकालले जानकारी दिए ।
‘निरन्तर सहयात्रा’ नारा लिएर अगाडि बढेको बैंकले मुलुकभर ६८ शाखा र १७ एटिएमबाट २ लाख ६० हजार ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ । आधुनिक प्रविधिसहित ग्राहक वर्गमा सेवा पुर्याउँदै आएको बैंकको दाबी छ ।
बैंकले ग्राहकलाई निःशुल्क डेबिट/एटिएम कार्ड प्रदान गर्नुका साथै उक्त कार्डबाट नेपालभित्रका कुनै पनि भिसा नेटवर्क भएका एटिएमबाट रकम झिक्दा शुल्क नलाग्ने गरी सुविधा दिँदै आएको छ ।
Related News
सम्बन्धित समाचार
प्राडा पाठकको पदभार
करार र काजले भरिएको पोखरा महानगर
पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
पोखरा महोत्सव : विद्यालयस्तरीय लोकनृत्य सुरु
२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
hero news full width
मुख्य समाचार
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
माघ २, २०८१पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
माघ १, २०८१पाँचौं टाइगर कपमा १२ टिम टुंगो, श्रीलंका र थाइल्याण्डका खेलाडीसमेत आउने
माघ १, २०८१माछापुच्छ्रे गाउँपालिकालाई प्रश्न– वनैभरि होटल छन्, नियमन कसले गर्छ ?
माघ १, २०८१