बगनासकाली २४, असोज । बगनासकाली गाउँपालिकाले अर्थपूर्ण बालसहभागिताका लागि विशेष अभियान सुरु गरेको छ । शुक्रबार वडा नं. १ मा रहेका बस्तीस्तरीय बाल क्लवका पदाधिकारीको भेला गरी वडास्तरीय बाल सञ्जाल गठन गरेको छ ।
गाउँपालिकाका सबै वडामा क्रियाशील बाल क्लवहरूबीच सञ्जाल तयार गर्ने, पालिकास्तरमा पालिकास्तरीय बाल क्लव सञ्जाल गठन गर्ने, बालकालिकाहरूसँग आगामी योजनामा समावेश गर्नुपर्ने बाल सवालहरू संकलन गर्ने र वडामा बाल क्लवहरूको सूचिकृत गर्न सहजीकरण गर्ने उद्देश्यका साथ वडास्तरीय बाल भेलाबाट बालक्लव सञ्जाल गठन गरिएको बालमैत्री स्थानीय शासनका फोकल पर्सन मनोज आचार्यले जानकारी दिए ।
शुक्रबार दिनेश पाण्डेको अध्यक्षतामा १३ सदस्यीय वडास्तरीय बाल क्लव सञ्जाल गठन गरिएको छ । समितिको उपाध्यक्षमा सपना भण्डारी, सचिव अभिशेष विश्वकर्मा, सह–सचिव जानकी गाहा, कोषाध्यक्षमा प्रतिभा ढुङ्गाना रहेका छन् । यस्तैगरी सदस्यहरूमा नरेश रुचाल, जुना राना, कला पुलामी, आसिका आले, नितेश दर्लामी, सन्दिप ढुङ्गाना लगायत रहेको वडास्तरीय वडा सचिव विराट गैरेले बताए ।
नवनिर्वाचित समितिलाई शुभकामना दिदै वडाअध्यक्ष सोमबहादुर झेंडीले गाउँपाललिकालाई बालमैत्री गाउँपालिका बनाउन लागिएकोले गाउँपालिकाको बालमैत्री आचारसंहितालाई इमान्दारिताका साथ पालना गर्दै बाल सहभागिताका कार्यक्रममा सक्रियता बढाउन अनुरोध गरे । उनले बालबालिकाको नेतृत्व विकास र बालसहिभागिता अभिवृद्धिका लागि वडाबाट ५० हजार बजेट विनियोजन गरिएको समेत जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
कुमाल बस्तीमा सुरु भयो उपचार
सिद्धार्थ राजमार्ग अब आर्थिक कोरिडोर
पाल्पाली समाजमा रेशम थापा रचक
वाराहीमा पूर्व विद्यार्थी मञ्च गठन
आँधीखोलामा दलित जागरण अभियान
hero news full width
मुख्य समाचार
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाः ‘हाम्रो रङ्गशाला, मेरो कुर्ची’ अभियान
पुनस्र्थापित संसदको पहिलो बैठकमै अवरोध
फागुन २४, २०७७संसद् बैठकमा सभामुखको लिखित मन्तव्य
फागुन २३, २०७७ऋषि कट्टेलकाे नेकपा वैधानिक, अोली- दाहालकाे खाेरज
फागुन २३, २०७७घुम्ने कर्मचारीलाई महिनाभरिको तलब, आधा महिना छुट्टी
फागुन २३, २०७७सहिदका छोराछोरीलाई उच्च शिक्षाको चिन्ता
फागुन २३, २०७७