पोखरा २३ असोज । युनाईटेड क्लवको अध्यक्षमा राजु श्रेष्ठ चयन भएका छन । शुक्रबार सम्पन्न क्लवको ११ औं वार्षिक साधारण सभा तथा पाचौँ अधिवेशनले राजु श्रेष्ठलाई सर्वसम्मतले अध्यक्षमा चयन गरेको हो ।
त्यस्तै, प्रथम उपाध्यक्षमा लोकबहादुर थापा, द्वितीय उपाध्यक्षमा गणेश तिमिल्सिना, महासचिवमा शान्तबहादुर थापा, कोषाध्यक्षमा सूर्यवहादुर वानिया, सचिवमा दिनेश सुनार र सह–कोषाध्यक्षमा पूर्णकला पोखरेल चयन भएका छन् ।
सदस्यहरुमा सीमा राई गुरुङ, जयराम आचार्य, सन्तोष कार्की, पूर्णकुमार श्रेष्ठ, विष्णुकुमार गुरुङ, देवानी सुवेदी, शिव थापा र चन्द्रा पराजुली चयन भएका छन् । अधिवेशनपछि नवनिर्वाचित अध्यक्ष राजु श्रेष्ठले युनाईटेड क्लवले लिएको उद्देश्यमा नै आफ्नो कार्यसमिति लागि पर्ने प्रतिवद्धता जनाए ।
युनाईटेड क्लवले स्थापना कालदेखि शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनका लागि पोखरामा चिडियाखाना निर्माण, सेती नदी संरक्षण र विपद् व्यवस्थापन अन्तर्गत प्राकृतिक विपत्तिमा परेकाहरुलाई सहयोग गर्दै आइरहेको र सोही अनुरुप अगाडि वढ्दै आफ्नो कार्यकालमा असाह्य जेहेन्दार विद्यार्थीहरुलाई क्लवले अध्ययन गराउने लक्ष्य रहेको वताए ।
क्लवको पहलमा यतिवेला पोखराको लेखनाथस्थित पचभैयामा निर्माणाधिन पोखरा जु लोजिकल पार्कमा केही विवाद उत्पन्न भइ अदालती प्रक्रियामा रहेको र आफ्नो कार्यकालमा उक्त विवाद सुल्झाउनका लागि प्रत्यत्न गर्ने श्रेष्ठले बताए ।
लेखनाथमा आफ्नो भवन निर्माणका लागि जग्गा समेत लिइसकेको र आफ्नो कार्यकालमा क्लव विस्तारसँगै क्लवको आफ्नै भवन निर्माणको लागि पहलकदमी थाल्ने नवनिर्वाचित अध्यक्ष श्रेष्ठले बताए ।
यसैविच निवर्तमान अध्यक्ष लालकाजी गुरुङले आफ्नो कार्यकालमा विपद ब्यवस्थापन कोष स्थापना गरेको र आपत–विपदमा परेकोलाई सहयोग गर्न क्लव सक्षम रहेको बताए ।
अधिवेशन पूर्व सम्पन्न साधारण सभामा कोषाध्यक्ष गणेश तिमिल्सिनाले आर्थिक वर्ष ०७६/७७ को आर्थिक प्रतिवेदन र महासचिव शान्त बहादुर थापाले आर्थिक वर्ष ०७६/७७ को कार्यप्रगति विवरण प्रस्तुत गरेका थिएभने सदस्यहरुले प्रतिवेदन सर्वसम्मतले पास गरेका थिए ।
Related News
सम्बन्धित समाचार
मेला हेरे मोबाइल !
पुम्दीकोटमा धार्मिक महोत्सवको तयारी
मुल्मीको एकल चित्रकला प्रदर्शनी
कालिका माविको ४२ औं वार्षिकोत्सव
सुरक्षा माग्दै वडाका जनप्रतिनिधि प्रहरीमा
hero news full width
मुख्य समाचार
सार्वजनिक लेखा समितिमा बहस: बजेटमा फिक्सिङ भयो
सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’
माघ ११, २०८१राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु
माघ १०, २०८१जनप्रियको वार्षिकोत्सवमा सम्मान
माघ १०, २०८१खेलकुद पत्रकार मञ्च गण्डकीमा एमबि आस्था निर्वाचित
माघ १०, २०८१बयानपछि लामिछानेलाई परिवारको जिम्मा
माघ १०, २०८१