अझै एक साता वर्षाको सम्म्भावना

रासस
असाेज २१, २०७७
Moonsoon_rain.2e16d0ba.fill-650×500

काठमाडौँ । अझै केही दिन देशका पूर्वी तथा मध्य क्षेत्रमा मनसुन सक्रिय हुने भएको छ । बङ्गालको खाडीमा रहेको न्यूनचापीय क्षेत्रको प्रभावले नेपालका पूर्वी तथा मध्य भूभागमा मनसुन अझै सक्रिय रहने छ ।

अबको एक साता नेपालबाट मनसुन बाहिरिने अवस्था नरहेको मौसमविद् मञ्जु बासीको भनाइ छ । उनका अनुसार अबको एक साता मनसुन नबाहिरिए पनि निरन्तरको भारी वर्षाको सम्भावना छैन । गत वर्ष पनि मनसुन औसत समयभन्दा केही ढिलो अक्टोबर १२ मा बाहिरिएको थियो । यस वर्ष पनि अक्टोबर १२ सम्म पुग्ने मौसमविद्को अनुमान छ । नेपालबाट मनसुन बाहिरिने औसत समय सेप्टेम्बर २३ हो ।

मंगलबार राति प्रदेश १, २ वाग्मती तथा गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली हुने तथा प्रदेश १ र २ का केही स्थानका साथै वाग्मती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति प्रदेश १, २ वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशमा आंशिक बदली रही प्रदेश १ का एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

Related News

सम्बन्धित समाचार

  • टेम्पल ट्रि रिसोर्टले बुझायो २ करोड कर

    आदर्श समाज सम्वाददाता मंसिर ८, २०८१
    पोखरा । पोखरा लेकसाइडस्थित टेम्पल ट्रि रिसोर्ट प्रालिलाई आन्तरिक राजस्व कार्यालय, पोखरामा सबैभन्दा बढी कर तिरेकोमा सम्मान गरिएको छ ।…
  • लुम्लेमा असिनाले क्षति

    आदर्श समाज सम्वाददाता कार्तिक २१, २०८१
    हेमजा । सोमबार दिउँसो परेको असिनाले अन्नपूर्ण–६, लुम्लेको धानवालीमा क्षति पुर्‍याएको छ । असिनाले त्यस क्षेत्रको पात्लेखेत, सीम, विरौटा, मुडी…
  • भाईटीकामा कुन कुन स्थानमा हुँदैछ वर्षा ?

    रासस कार्तिक १७, २०८१
    काठमाडौं । यसपटक तिहारको भाईटीकामा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ…
  • देशभर चिसो बढ्दै

    रासस असाेज २९, २०८१
    काठमाडौं ।  देशमा अहिले मनसुन बाहिरिएर ‘पोस्ट’ मनसुन चलिरहेको छ । सँगसँगै पछिल्ला दिनमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले…
  • हल्का वर्षाको सम्भावना

    रासस असाेज २८, २०८१
    काठमाडौं । पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान…

hero news full width