आफ्नै हात्तीले कुचेर माउतेको निधन

आदर्श समाज सम्वाददाता
असाेज २०, २०७७

कावासोती ।  नवलपरासीमा हात्तीले कुचेर सोमबार माउतेको निधन भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार पूर्वी नवलपरासीको कावासोती–१२ मा रहेको आइसल्याण्ड जंगल रिसोर्टमा आफ्नै हात्तीले किचेर कावासोती १० निवासी ५६ वर्षीय लोकबहादुर खजुवारको मृत्यु भएको हो ।

हात्तीलाई पानी खुवाउन लैजाने क्रममा हात्ती रिसोर्टभित्रै पसेर आक्रमण गरेको हो । आक्रमणबाट गम्भीर घाइते खजुवारको उपचार क्रममा नयाँ मेडिकल कलेज भरतपुरमा सोमबार दिउँसो निधन भएको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width