पोखरा, १८असाेज । कँरेत सर्पले टोकेपछि उपचारार्थ अस्पताल भर्ना भएका मादी गाउँपालिका वडा–६ का १४ वर्षीय विशाल पौडेलको उपचारार्थ आर्थिक सहयोग गरिएको छ ।
उनको गण्डकी अस्पतालमा २० दिनसम्म भेन्टिलेटरमा राखेर उपचार भएकोमा स्वास्थ्यमा सुधार नआएपछि थप उपचारार्थ २ साताअघि काठमाडाै रेफर गरिएको थियो ।
पारिवारिक स्थिति कमजोर रहेकोले उपचार सहयोगार्थ अभियन्ता श्रीराम गौतम, खेमबहादुर जिसी, रवि क्षेत्री, सन्तोष अधिकारी लगायतले आर्थिक संकलन थालेका हुन् ।
सोही क्रममा मादी–६ का खेमबहादुर जिसी नेतृत्वमा स्वदेश तथा विदेशमा समन्वय गरी कतारबाट वविता जिसी, स्टोनियाबाट श्याम जिसी, तनहुँ युएई सम्पर्क समाजका राजन जिसी, यूएईबाट दीपक रानाभाटबाट संकलित रकम विशालका दाजु विजयलाई ३ लाख ८७ हजार ४ सय ३८ रुपैयाँ बराबरको नगद तथा चेक प्रदान गरियो ।
यसअघि, सन्तोष श्रेष्ठले १० हजार र श्रीराम गौतमले ५ हजार रुपैयाँ सहयोग गरेका थिए । उनीहरुकै पहलमा अमेरिकाको वाल्टिमोर बस्ने नेपाली दाजुभाइले, इष्टमित्र तथा शुभचिन्तकले १ लाख रुपैयाँ संकलन गरी पठाएका छन् । विशाललाई नयाँ जीवन दिन सबैजनाले सानै सहयोग भए पनि गरिदिन आह्वान गरिएको छ । विशालको स्वास्थ्यमा हाल क्रमिक सुधार भइरहेको श्रीराम गौतमले बताए ।
Related News
सम्बन्धित समाचार
मुल्मीको एकल चित्रकला प्रदर्शनी
कालिका माविको ४२ औं वार्षिकोत्सव
सुरक्षा माग्दै वडाका जनप्रतिनिधि प्रहरीमा
पोखरा महोत्सव समापन, बेसलाइनलाई नृत्य उपाधि
वडा १५ मा बृहत् खेलकुद समापन
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेशका पत्रकारलाई धितोपत्र बजार र वस्तु विनिमय बजारसम्बन्धी तालिम
पाेखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव
माघ ८, २०८१सूर्यदर्शन सहकारी ठगी : धरौटीमा छुटेकालाई थुनामा पठाउन उच्चमा निवेदन
माघ ८, २०८१पोखराको कर्मचारी विवाद बल्झियो : नगर सभा अवरुद्ध, कार्यालयमा ताला
माघ ८, २०८१विद्यालय शिक्षा ऐन बनाउन गण्डकी प्रदेशबाट सुझाव संकलन
माघ ७, २०८१निर्माण व्यवसायीले बुझाए ज्ञापन
माघ ६, २०८१