लेखनाथ । पोखरा २६ को जनप्रिय सहकारी संस्थाले आफनो १७ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
प्रवेशद्वारमा माक्स र सेनेटाईजरको व्यवस्था, मञ्चमा चार/पाँच जना मात्र अतिथि, सामाजिक दूरीमा रहेका कार्यसमितिका पदाधिकारी र विभिन्न उप–समितिका सदस्य तथा सल्लाहकारहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।
विश्वव्यापी रुपमा फौलिएको कोरना भाईरसको कहरका वीच सभाहल भित्रको शान्त वातावरण, न खाना खानेको लाईन न भत्ता वुझनेकै ठेलठेलको दृष्य विना नै केही अतिथिहरुको उपस्थितिमा सहकारी विभागको परिपत्र अनुसार संस्थाले आफनो साधारण सभा सम्पन्न गरेको हो ।
साधारण सभाको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं २६ का वडाअध्यक्ष नारायणप्रसाद बरालले भौतिक रुपमा सेयर सदस्यको उपस्थिति नगराई निती र नियममा रहेर सहकारीले गरेको साधारण सभा उदाहरणीय भएको तर्क राख्दै अन्य सामाजिक संघ संस्थाहरुले पनि यसैगरि साधारणा सभा गर्नु पर्नेमा जोड दिएका थिए ।
संस्थाका अध्यक्ष मुरारी बरालले भावी योजनाका बारेमा जानकारी गराउँदै सेयर सदस्यको साथ र सहयोगले लक्ष्य अनुसारको प्रगति गर्न सफल भएको बताए ।
२०३३ सालमा स्थापना भएको सहकारीले विगत लामो समय कृषि सामाग्री सुलभ पसल संचालन गरि पछिल्लो समय बचत तथा ऋणको कार्य गर्दै कुल एक हजार चार सय २२ सेयर सदस्य मार्फत तीन करोड, ५९ लाख ८४ हजार आठ सय सेयर पुँजी बनाउन सफल भएको छ ।
Related News
सम्बन्धित समाचार
मेला हेरे मोबाइल !
ड्याडिज किचनका २२ शाखा बिस्तार, पोखराको चिप्लेढुंगामा पनि उद्घाटन
राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु
गण्डकी प्रदेशका पत्रकारलाई धितोपत्र बजार र वस्तु विनिमय बजारसम्बन्धी तालिम
पाेखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव
hero news full width
मुख्य समाचार
सार्वजनिक लेखा समितिमा बहस: बजेटमा फिक्सिङ भयो
सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’
माघ ११, २०८१जनप्रियको वार्षिकोत्सवमा सम्मान
माघ १०, २०८१खेलकुद पत्रकार मञ्च गण्डकीमा एमबि आस्था निर्वाचित
माघ १०, २०८१पुम्दीकोटमा धार्मिक महोत्सवको तयारी
माघ १०, २०८१बयानपछि लामिछानेलाई परिवारको जिम्मा
माघ १०, २०८१