पोखरा, १८ असोज । देशकै ठूलो पोखरा महानगरपालिकाकाको पिच बाटो नपुगेको वडा पोखरा–२३ मा कालोपत्रे बाटो बनाउन शुरु भएको छ । फेवातालको श्रोत क्षेत्रको रुपमा रहेको पोखरा–२३ को वामदीबाट मार्कीसम्मको कच्ची सडक पिच बाटो बनाउन शुरु भएको हो । योसँगै पोखराका ३३ वटै वडामा पिच बाटो बन्ने भएको छ ।
गण्डकी प्रदेश सभा सदस्य राजीव पहारीको पहलमा गण्डकी प्रदेश सरकारको बजेट परेपछि पिच बाटो निर्माणको शिलान्यास गरिएको छ । कोरोनालाई कहरका कारण विकास निर्माण अबरुद्ध भएको भनिरहँदा पोखरा २३ मा भने कोरोनालाई अवसरको रुपमा बदल्ने अठोटसहित बाटोको शिलान्यास गरिएको हो । सो पिच बाटो निर्माणको प्रदेश सांसद राजिव पहारीले शिलान्यास गरे ।
लौरुक वामदी चापाकोट ग्रामीण सडक उपभोक्ता समितिमार्फत निर्माण हुने सडक ३ सय मिटरको छ । प्रदेश सरकारबाट बाटो निर्माणका लागि ४५ लाख रुपैयाँ छुट्याएपनि ३४ लाख ४७ हजार ६ सय २२ रुपैयाँमा टिबी कन्स्ट्रक्सन एण्ड भिलेजले बाटो निर्माणको ठेक्का पाएको छ । ५ मिटर चौंडाईको सो पिचमा २ सेन्टिमिटर प्रिमिस पिच गरिने ठेकेदार बिनोद भण्डारीले जानकारी दिए । उनका अनुसार बाटोको दक्षिणतर्फ नाली बनाइनेछ भने नालीसँग जोडिएको माथिल्लो भागमा रिटेनिङ पर्खाल निर्माण गरिनेछ । ४ महिना भित्रमा बाटो निर्माण गरिसक्ने गरि ठेक्का लिएपनि २ महिना भित्रै सडक निर्माण गरिसक्ने लक्ष्य लिइएको ठेकेदार भण्डारीले बताए ।
बाटो शिलान्यास कार्यक्रममा बोल्दै सांसद पहारीले पोखरा–२३ मा पिच बाटो निर्माणको शुरुवात मात्र भएको बताए । उनले अहिले निर्माण शुरु गरिएको पिच बाटोले पोखरा–२२ पुम्दीभुम्दीस्थित पलाइँचेसम्म पुर्याउने र त्यसका लागि बजेट उपलब्ध गराउने बाचा गरे । सांसद पहारीले फेवातालमा लेदोसहितको ढुंगा माटो बगेर आउन नदिन फेवातालको सिरान क्षेत्रका रुपमा रहेका पोखरा–२३ र २४ वडाका कच्ची बाटोलाई पिच बनाउनुपर्ने आवश्यक्ता रहेकोमा जोड दिए । उनले फेवातालको तटीय तथा सिरान क्षेत्रको विकास नभई फेवाताल संरक्षण नहुने भन्दै त्यसले लेकसाईडलाई घाटा भन्दा बढी फाईदा हुने बताए ।
Related News
सम्बन्धित समाचार
मुल्मीको एकल चित्रकला प्रदर्शनी
कालिका माविको ४२ औं वार्षिकोत्सव
सुरक्षा माग्दै वडाका जनप्रतिनिधि प्रहरीमा
पोखरा महोत्सव समापन, बेसलाइनलाई नृत्य उपाधि
वडा १५ मा बृहत् खेलकुद समापन
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेशका पत्रकारलाई धितोपत्र बजार र वस्तु विनिमय बजारसम्बन्धी तालिम
पाेखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव
माघ ८, २०८१सूर्यदर्शन सहकारी ठगी : धरौटीमा छुटेकालाई थुनामा पठाउन उच्चमा निवेदन
माघ ८, २०८१पोखराको कर्मचारी विवाद बल्झियो : नगर सभा अवरुद्ध, कार्यालयमा ताला
माघ ८, २०८१विद्यालय शिक्षा ऐन बनाउन गण्डकी प्रदेशबाट सुझाव संकलन
माघ ७, २०८१निर्माण व्यवसायीले बुझाए ज्ञापन
माघ ६, २०८१