सेफ्स एशोसिएसन अफ नेपाल पोखरामा थापा

आदर्श समाज सम्वाददाता
असाेज १७, २०७७
vikky

अध्यक्षमा चयन विक्कीकुमार थापा ।

पोखरा, १७ असोज । सेफ्स एशोसियसन अफ नेपाल, पोखरा अध्यक्षमा विक्कीकुमार थापा चयन भएका छन् । कोरोना कहरबीच पोखरामा आयोजित सेफ्सहरुको भेलाले रुपाकोर्ट रिसोर्टमा एक्जुकेटिभ सेफ पदमा कार्यरत् थापाको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । आफ्नो पेसासँग सम्बन्धित रहेर उनीसँग करिब १७ वर्षसम्म विदेशमा काम गरेको अनुभव छ ।

यसैगरी, कार्यसमिति उपाध्यक्षमा सुरेश पौडेल, सचिव विजय पोख्रेल, सहसचिव बलबहादुर पुलामी र कोषाध्यक्षमा राजन पुलामी रहेका छन्।

सदस्यमा तुल राना, डीबी क्षत्री, दिनेश चौधरी, कृष्ण पौडेल, राजन श्रेष्ठ, प्रकाश लामिछाने, गोविन्द लामिछाने, सुमन श्रेष्ठ, राजु आले र दीपक बुद्धचार्य चयन भए ।

संस्थाका प्रमुख सल्लाहकार नरहरि अधिकारीले सेफ्सले विश्वका धेरै खानाको साथमा नेपाली परम्पराका खानाको समेत प्रवद्र्धन गर्नुपर्ने बताए ।

अखिल नेपाल होटल, क्यासिनो, रेष्टुराँ मजदुर संघका केन्द्रीय उपमहासचिव एवं गण्डकी अध्यक्ष राजेन्द्र तिमिल्सिनाले सेफहरु पर्यटन प्रवद्र्धन गर्ने सन्देशबाहक भएको बताए । उनले सेफको मद्दतबाट नेपालको खाद्य संस्कृति विश्वबजारमा बजारीकरण गर्नुपर्नेमा जोड दिए ।

एशोसिएसनका संस्थापक अध्यक्ष कुशल थापामगरले बस्तु एक, परिकार अनेक बनाउन सेफको भूमिका महत्वपूर्ण हुने बताए ।

एशोसिएसन केन्द्रिय अध्यक्ष खड्गबहादुर लामाले पर्यटकीय क्षेत्रका सेफ्सहरुले विश्वका हरेक मुलुकको खाना पस्किन सक्नुपर्ने बताए ।

केन्द्रिय महासचिव पदम आलेले नेपाल सहित विश्वका १ सय २८ देशका सेफ्सहरु हालसम्म संगठित भएको बताए । उनका अनुसार नेपालमा एशोसिएसन गठन भएको २५ वर्ष पूरा भैसकेको छ । एशोसिएननको अब चितवन शाखा विस्तार हुँदैछ ।

Related News

सम्बन्धित समाचार

  • माघमा दाइँ गरेर पर्यटक बोलाउँदै पिटिसी

    आदर्श समाज सम्वाददाता माघ ६, २०८१
    पोखरा । सामान्यतः मंसिरभित्रै नेपालीहरुले धान थन्क्याउँछन् । सँगै दाइँ गर्छन् । तर पोखरामा अलि अनौठो भयो । पोखराका पर्यटन…
  • नागीधार महोत्सव तयारी पूरा

    आदर्श समाज सम्वाददाता माघ ३, २०८१
    पोखरा । मादी गाउँपालिका ८, नागीधार गाउँमा यही ४–६ माघसम्म नागीधार महोत्सव हुँदैछ । मूल आयोजक समिति संयोजक ओमप्रकाश गुरुङले…
  • २६ औं घलेल ल्होछार उत्सव

    आदर्श समाज सम्वाददाता पौष २४, २०८१
    पोखरा । २६ औं घलेल ल्होछार उत्सव अवसरमा घलेलमा आयोजित पुरुषतर्फ भलिबल उपाधिका लागि घान्द्रुक किम्चे गाउँ र धम्पुस लेककुना…
  • प्राधिकरणले विमानस्थल चलाउने कार्ययोजना बनाएन : गुरुङ

    आदर्श समाज सम्वाददाता पौष १४, २०८१
    पोखरा । पोखराको लेकसाइडमा २६ औं संस्करणको पोखरा सडक महोत्सव सुरु भएको छ । रेस्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल…
  • २६ औं पोखरा सडक महोत्सव सुरु

    आदर्श समाज सम्वाददाता पौष १३, २०८१
    पोखरा । रेष्टुरेण्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरा आयोजनामा फेवाताल किनारमा २६ औं पोखरा सडक महोत्सव शनिबारदेखि सुरु भयो ।…

hero news full width