राधालाई ‘गण्डकी यूथ स्पीकर–२’ उपाधि

आदर्श समाज सम्वाददाता
असाेज १७, २०७७
radha

विजेता राधा पंगेनी (पहिलो लहरबाट चौथो) ।

पोखरा, १७ असाेज । ‘गण्डकी यूथ स्पीकर–२’ को उपाधि स्याङ्जा वालिङकी राधा पंगेनीले हात पारेकी छन् ।

जेसीज सप्ताहन्तर्गत पोखरा जेसिजको आयोजनामा भर्चुअलमार्फत शुक्रबार भएको ‘असल समाजका लागि युवा नेतृत्व’ विषयक वक्तृत्वकला प्रतियोगितामा १२ प्रतिष्पर्धीलाई पछि उनले उपाधिसहित ५ हजार रुपैयाँ जितेकी हुन् ।

प्रतियोगितामा पोखराकी मीना पराजुली र रामेछापका कौशल कार्की क्रमशः दोस्रो र तेस्रो हुँदै ३ हजार र २ हजार जितेको प्रमुख निर्णायक ज्ञानेन्द्र कोइरालाले बताए ।

जेसिजले सप्ताहव्यापी कार्यक्रमअन्तर्गत कोरोनाविरुद्ध सचेतना, खेलकुद, स्वास्थ्य तथा खाद्यसामग्री वितरण तथा महिलालाई सेनेटरी प्याड बनाउने तालिम सम्पन्न गरिसकेको छ । वकृत्वकला छैटौं दिनको कार्यक्रम थियो ।

जेसिजका अध्यक्ष शिवप्रसाद सापकोटाले जेसिजले युवामा नेतृत्व विकासका साथै सामाजिक कार्यमा समेत अग्रसर गराउन प्रेरित गर्दै आएको बताए ।

कार्यक्रम संयोजक मीनराज खड्काले सप्ताहव्यापी कार्यक्रमले समाजप्रति नागरिकको दायित्व बुझ्न सहयोग मिलेको बताए ।

Related News

सम्बन्धित समाचार

  • को होला मिस तामाङ ?

    आदर्श समाज सम्वाददाता माघ १२, २०८१
    पोखरा । बैदाम तामाङ सेवा समाजको आयोजनामा नवौं संस्करणको मिस तामाङ पोखराको ग्राण्ड फिनाले शनिबार हुँदैछ । पोखरा सभागृहमा ११…
  • पोखरा महोत्सवमा शान्तारानी यसरी ढलिन्

    आदर्श समाज सम्वाददाता माघ ५, २०८१
    पोखरा । अहिलेको चर्चित गीत ‘म त ढलें ढलें..’ सबैको मुखमा झुण्डिएको छ । मेल महोत्सव, विभिन्न कार्यक्रममा समेत यही…
  • मिस तामाङमा १३ प्रतिस्पर्धी

    आदर्श समाज सम्वाददाता पौष १, २०८१
    पोखरा । सोनाम ल्होसार अवसरमा बैदाम तामाङ समाज पोखराले नवौं मिस तामाङको तयारी गरेको छ । आगामी १२ माघमा पोखरा…
  • सबै हलमा बक्स अफिस, बदमासी गर्नेलाई कारबाही : दिनेश डिसी

    विजय नेपाल मंसिर १९, २०८१
    पोखरा । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले नेपाली चलचित्र क्षेत्रको विकासका लागि विभिन्न विषयलाई प्राथमिकता दिएर दू्रत गतिमा काम…
  • ‘मनमाया’ गीतको भिडियो सार्वजनिक

    आदर्श समाज सम्वाददाता मंसिर ८, २०८१
    पोखरा । किरण शंकर र सुमिना लोको आवाजमा रहेको ‘मनमाया’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । पोखरामा शुक्रबार आयोजित…

hero news full width