पोखरा वृद्धाश्रम सुविधासम्पन्न बनाउनुपर्नेमा जोड

आदर्श समाज सम्वाददाता
भाद्र २७, २०७७
pokhara aged shelter

पोखरा | पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले पोखरा वृद्धाश्रमलाई थप सुविधासम्पन्न बनाउन आवश्यक रहेको बताएकी छन् ।

पोखरा वृद्धामा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले ‘एउटा प्रदेश, एक वृद्धाश्रम’ अवधारण अगाडि सारेको सन्दर्भमा आश्रमले थप संरचना विकास गर्न जरुरी रहेको र त्यसको लागि पोखरा महानगरपालिकाको आवश्यक सहयोग हुने उल्लेख गरिन् ।

पोखरा १७ का वडाध्यक्ष तीर्थराज अधिकारीले आश्रमलाई प्रदेशको एक नम्बर बनाउन आफ्नोतर्फबाट सबै प्रकारको सहयोग हुने बताए ।

नेकपा पोखरा १७ का अध्यक्ष सुभाष ढुंगानाले आफ्नो पार्टी सधैँ वृद्धवृद्धाको पक्षमा रहेको बताए । उनको सुविधाको लागि राज्य तथा सरकारसँग आवस्यक बजेट विनियोजनका लागि पहल गर्ने बताए ।

पोखरा वृद्धाश्रममा हाल करिब ५५ जना वृद्धवृद्धा आश्रित छन् । यहाँ सुविधासम्पन्न आवास तथा भोजनगृह, दिवा सेवा केन्द्रको लागि पनि आवश्यक संरचना तयार छ ।

Related News

सम्बन्धित समाचार

hero news full width